५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वगृहमन्त्री जोशीको तनहुँ १ बाट उम्मेदवारी दर्ता



नेता गोविन्दराज जोशी
नेता गोविन्दराज जोशी
अ+ अ-

काठमाडौँ । पूर्वगृहमन्त्री गोविन्दराज जोशीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ तनहुँ १ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ । उम्मेदवारी दर्ता गर्दै उहाँले सत्ता गठबन्धनको राजनीति अन्त्य गर्नका लागि आफूले उम्मेदवारी दिएको बताउनुभएको छ ।

भ्रष्टाचार मुद्दा लागेका जोशीले गठबन्धनको राजनीतिले व्यक्तिको अधिकार हनन भएको भन्दै यसका अन्त्यका लागि उम्मेदवारी दिएको बताउनुभयो ।

यसअघि २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट नेपाली कांग्रेसका तर्फबाट उहाँले बागी उम्मेदवारी दिनुभएको थियो । उहाँका उम्मेदवारीका कारण कांग्रेसबाट टिकट पाएका नेता रामचन्द्र पौडेल नेकपा (एमाले) का तत्कालीन नेता कृष्णकुमार श्रेष्ठ (किसान) सँग पराजित हुनुभएको थियो ।

बागी उम्मेदवारी दिएर कांग्रेसका नेतालाई पराजित गर्न सहयोग पुर्याएको भन्दै कांग्रेसले उहाँलाई कारबाही गरेको थियो । त्यसयता उहाँ कुनै पनि दलमा आबद्ध हुनुहुन्छ । यसपटकको प्रतिनिधिसभाको निर्वाचनको प्रत्यक्षतर्फ नेता पौडेलले सोही निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिँदै हुनुहुन्छ ।