२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन ३ मा कांग्रेसका जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिने



अ+ अ-

काठमाडौँ । पूर्व सांसद् एवं नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले चितवन–३ बाट स्वतन्त्र उम्मेदवारी दिने हुनुभएको छ ।

सत्ता गठबन्धनको तर्फबाट भने सो क्षेत्रमा नेकपा (माओवादी केन्द्र) ले डा भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।

गएको स्थानीय निर्वाचनमा पनि पौडेलले भरतपुर महानगरपालिकाबाट मेयरमा स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । सत्ता गठबन्धनले माओवादी केन्द्रका रेनु दाहाललाई उम्मेदवार बनाएपछि पौडेलले बागी उम्मेदवारी दिएर करिब १५ हजार मत प्राप्त गर्नुभएको थियो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा चितवन ३ बाट कांग्रेस कार्यकर्ताको दबाबमा उम्मेदवारी दिन लागेको उहाँले बताउनुभएको छ ।