२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिको रंग : छिनमै काटाकाट, छिनमै चाटाचाट



अ+ अ-

काठमाडौ ।  २०७५ जेष्ठ ३ गतेको केही समयअघि र त्यसको केही महिना पछिसम्म पनि एमाले अध्यक्ष केपी ओली र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहलको सम्बन्ध प्रेमी प्रेमिको जस्तै थियो । यतिसम्म थियो कि कुनै कार्यक्रममा जानुपर्दा कहिले एउटै गाडीमा वा फरक फरक गाडी भए जो चाडै पुग्छ उसले कार्यक्रमस्थल बाहिरसम्म कुर्ने गरेका थिए ।

ओली र दाहालको सम्बन्ध दुई शरिर एक आत्मा जस्तो थियो । उहाँहरुको त्यो सम्बन्धप्रति “बरिष्ठ नेता” माधवकुमार नेपाल पूरै शसंकित हुनुहुन्थ्यो र आफू निकट व्यक्तिहरुसँग गुनासो गर्नुहुन्थो ओली र दाहाल मिलेर मलाई कर्नरमा पारे ।

दाहालको आउजाउ पनि बालकोट हुदै बालुवाटारसम्म  बाक्लै हुन्थो । उहाँहरुको सम्बन्ध  जब ओली बालुवाटारभित्र प्रबेश गर्नुभयो तब पातलिदै गयो । तीन वर्षमा अवस्था यस्तो आयो की एक अर्का बिरुद्ध मुख छाड्न केही बाकी रहेन ।

गाली, आरोपका शब्दहरु सकिएर दोहोरिन थालेका छन् । एकले अर्काको मुख नै नहर्ने अबस्था पुगेका छन् । ओलीसँग डिभोर्स गर्ने वातारण बनाउदै गर्दा फेरि नेपाल र दाहालको गठजोड कसिलो बन्दै गएको थियो, जति जति ओली नेपाल सम्बन्ध कसिलो हुन्थ्यो ओलीसँग सम्बन्धको डोरी उति नै खुकुलो हुदै जान्थ्यो ।

दुई नेता मिलेर ओली बिरुद्ध प्रहार हुन थालेपछि ओली दिनदिनै कमजोर बन्दै गए जसका कारण ओलीको शक्ति केन्द्रदेखि प्रदेशसम्म तासको घर झैँ गर्ल्यामगुर्लुम ढल्यो। यतिबेला ओलीको पराजयमा नेपाली काँग्रेस भन्दा पनि माधव नेपाल र पुष्पकमल दाहाल धेरै खुशी हुनु भएको छ ।

त्यही खुशी साट्दा खाएको लड्डु नेपाली राजनीतिको मानक नै बनेको छ । ओलीसँग टाढिएका दुई नेता नेपाल र दाहालको सम्बन्ध यसरी टासिएको छ कि बनाउन नपाएको कानूनले मात्र दुई दल जस्ता छन् नत्र शरीर दुई आत्मा एकै जस्तो भएको छ ।

खुमलटारबाट बाहिर निस्कदा दाहालको पहिलो गन्तव्य माधव नेपालको निबास कोटेश्वर नै हुने गरेको छ । औपचारिक रुपमा फुट्न मात्र बाँकी रहको एमालेका 'बरिष्ठ नेता' तथा केही समयपछि बन्ने नयाँ पार्टीका अध्यक्ष माधव नेपाल र दाहालको कहिले काहीँ त दिनमा चाँर पाँच पटक सम्म पनि भेटघाट हुने गरेको छ ।

अबस्था यस्तो छ कि एउटा नेतालाई गुनासो गर्न वा कुनै काम गराउन भेट्न जाने नेता तथा कार्यकर्ताहरुले दुई ओटा नेतालाई प्राय: सँगै भेट्छन् । नेता नेपालको निवासमा पुग्ने नेता तथा कायकर्ता ठट्टा गर्छन्, "अचेल ज्ञापनपत्र त एउटा मात्र तयार गरे पुग्छ प्राय उहाँहरु सँगै हुनुहुन्छ, जहाँ जसलाई निर्देशन दिनुपर्ने हो सँगै दिनुहुन्छ, सजिलै भएको छ ।"

यसरी एउटै थालमा खाना खाने अबस्थामा रहनुभएका नेपाल र दहालको बिगतको सम्बन्ध भने फेरि अहिले ओलीसँग बिग्रीएको जस्तै थियो । कटवाल काण्डबाट सरकारबाट बाहिरिनुभएका दाहाल पछि प्रधानमन्त्री बन्नुभएका माधव नेपाललाई  कुनै शब्द नै बाँकी नराखी "गाली" वा आलोचना गर्नुभयो  ।

राजाको गोडामा दाम चढाउनेदेखि नारायणहिटीको आँखीझ्यालमा बिन्तीपत्र हाल्ने, प्रतिगमन आधा सच्चिएको भन्दै सरकारमा जाने भन्दै उछित्तो काड्नुभयो । उहाँहरुको अहिले बसोबास बढी हुने बानेश्वरको अर्याल होटल छेवैमा त्यस समयमा सभा गर्दै दाहालले नेपालको उछित्तो काड्दै भन्नुभयो "यी नोकरहरुसँग कुनै कुरा हुदैन सीध मालिकहरु पारि नै कुरा गरिन्छ यी हैसियत बिनाका नोकरहरु हुन् ।"

सात दिनसम्म राजधानी ठप्प पारेर माधव नेपाललाई बालुवाटारबाट सिंहदरबार आउन पनि सकस पुर्याउनु भएका दाहाललाई नेपालले पनि भन्न केही बाँकी राख्नुभएन । दुबैले एकले अर्कालाई यति गाली गर्नुभयो कि अब उहाँहरुबीच कहिल्यै सहकार्य त के सम्बाद पनि हुदैन होला जस्तो थियो ।

तर अबस्था यसरी फर्कियो कि ओली खोलापारि नै पुग्नुभयो, उहाँहरु दुई जना खोलावारि नै अंगालो मारेर जुँगाको ताउ लगाउँदै हुनुहन्छ । ताकी उहाँहरुको सम्बन्धले ओली पटक पटक तड्पिउन् ।

हिजो ओली र दाहलको सम्बन्धले नेपाल तड्पिए जस्तै । फेरि भोली उहाँहरुको सम्बन्धले को फुर्किने हो, को तड्पिने हो केही महिनापछि देखिन्छ नै होला । त्यसैले भन्ने गरिएको होला– राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र भन्ने हुदैन ।