३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

तरकारीको मूल्य २ सय ४० प्रतिशतसम्म घट्यो



अ+ अ-

काठमार्डौं । हरियो तरकारीको मूल्य २ सय ४० प्रतिशत सम्मले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले उपलब्ध गराउने दैनिक मूल्य सूचीअनुसार गएको १ महीनाभित्र तितेकरेला, लौका, फर्सी, काँक्रो, भिन्डीलगायत तरकारीको मूल्य घटेको पाइएको हो । निषेधाज्ञापछि कालीमाटीमा तरकारीको आयात बढेकाले मूल्य घटेको हो ।

गएको असार ३० गते प्रतिकिलो ८५ रुपैयाँ थोक मूल्य रहेको तितेकरेलाको मूल्य १ महीनाको अवधिमा २ सय ४० प्रतिशतले घटेर प्रतिकिलो २५ रुपैयाँ कायम भएको छ । यसअघि प्रतिकिलो १ सय १५ रुपैयाँ रहेको घिउ सिमीको मूल्य २ सय २८ प्रतिशतले घटेर प्रतिकिलो ३५ रुपैयाँ पुगेको छ । ७५ रुपैयाँ किलोमा विक्री भइरहेको घिरौंलाको मूल्यमा पनि करीब २ सय प्रतिशतले गिरावट आउँदै प्रतिकिलो २५ रुपैयाँमा विक्री भइरहेको छ ।

यसरी मूल्य घट्ने तरकारीमा तनेबोडी, भिन्डी, लौका, चिचिन्डो, सेतोमुला, स्कुस पनि रहेका छन् । यस अवधिमा तनेबोडीको मूल्य करीब १ सय १५ प्रतिशतले घटेर प्रतिकिलो ७५ रुपैयाँबाट ३५ रुपैयाँ पुगेको छ ।

त्यसैगरी भिन्डीको मूल्य पनि करीब १ सय ३० प्रतिशतले घटेर प्रतिकिलो ५५ रुपैयाँबाट २४ रुपैयाँ कायम भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यका अनुसार निषेधाज्ञाका बेलामा भन्दा अहिले कालीमाटीमा तरकारीको अयात करीब दोब्बरले बढेको छ । आयात बढी र खपत कम भएकाले मूल्यमा गिरावट आएको उनले आर्थिक अभियान दैनिकलाई बताए । अहिले हरियो तरकारीको खपत बढी हुने होटेल, रेस्टुराँ, पार्टी प्यालेसलगायत स्थानहरू बन्द भएकाले पनि खपत घटेको उनले जानकारी दिए । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।