२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुदानका लागि फर्म दर्ताको होडबाजी



अ+ अ-

काठमाडौं । तनहुँमा अनुदान तथा सहुलियत कर्जा लिन चाहनेको होडबाजीले कृषिसँग सम्बन्धित फर्म दर्ता गर्ने क्रम बढेको छ।

घरेलु तथा साना उद्योग कार्यालय दमौलीमा दर्ता गर्नेमा कृषि तथा पशुपन्छीसम्बन्धी फर्म अन्यभन्दा धेरै गुणा बढी छन्। आर्थिक वर्ष २०७७÷७८ मा दुई हजार एकवटा उद्योग दर्ता भएकामा कृषि तथा पशुपन्छी फार्मको सङ्ख्या मात्र एक हजार २१९ रहेको छ। यस्तै पर्यटनमा ३२३, सेवामूलकमा ३११ र निर्माण उद्योगमा १९ वटा फर्म दर्ता भएका छन्।

सङ्घीय, प्रदेश र स्थानीय सरकारले कृषिमा दिने अनुदान लिन अनिवार्य फर्म दर्ता गर्नुपर्ने प्रावधानले दिनहुँ कृषि फर्म दर्ता गर्नेको भीड लाग्ने गरेको कार्यालय प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।