३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षा केही दिन जारी रहने



अ+ अ-

काठमाडौं । बिहीबारदेखि  सक्रिय  भएको  नेपालको  मनसुनी  सक्रियता  अझै  केही  दिन  कायम  रहने  भएको  छ  ।  

मनसुनी  न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक ढलपल नगरी रहेकाले नेपालको पूर्वदेखि  सुदूरपश्चिमसम्म  नै  मनसुनको  सक्रियता  एकनासको  रहेको  जल  तथा  मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको  मौसम  पूर्वानुमान  महाशाखाका  मौसमविद्  गङ्गा  नगरकोटीका अनुसार मनसुनी सक्रियताले अबको केही  दिन देशका धेरै स्थानमा  भारी  वर्षा हुनेछ  ।  

तीन दिनभन्दा  बढी  समय  नै  नेपालका  अधिकांश  भूभागमा भारी वर्षा हुने आकलन  गरिएको छ । महाशाखाका अनुसार मुख्य गरी प्रदेश १, २ लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा पूर्ण बदलीको अवस्था रहेको समाचार गोरखापत्रमा दैनिकमा प्रकाशित छ ।