१९ असार २०८३, शुक्रबार
,
Latest
तनहुँकाे ढाक्रेखोला सडकखण्ड १५ दिन बन्द कर्णालीमा खसेको फोर्स गाडी र यात्रुको खोजी दोस्रो दिन पनि जारी ‘टर्बाइन’ बिग्रिएपछि म्याग्दीका दुई गाउँमा अन्धकार काठमाडौँका १० वडामा स्रोतमै फोहर वर्गीकरण, बञ्चरेडाँडामा जाने फोहर ५ ट्रकले घट्यो ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’ आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोकी लाग्दा नखानुहोस् यी ८ खानेकुरा, बढ्न सक्छ संक्रमण



अ+ अ-

काठमाडौं । मानिसहरुमा खोकी र ज्वरोको समस्या देखिनुको मुख्य कारण मनसूनमा ब्याक्टेरियल इन्फेक्सन रहेको छ । यो मौसममा औषधी खाँदा ज्वरो त कम हुन्छ तर खोकी भने चाँडो निको हुँदैन । डाक्टरका अनुसार खानपिनका यस्तो केही कुराले खोकी र छातीको खकारको समस्या थप बढ्न सक्छ । 

दुधः विशेषज्ञका अनुसार खोकी लाग्दा दुधबाट टाढै बस्नुपर्छ । दुध पिउँदा छातीमा कफको समस्या थप बढ्ने गर्छ जसका कारण खोकीको समस्या बढ्नेछ । यस्तोमा तपाईंले कुनै पनि दुग्धजन्य पदार्थबाट टाढा नै बस्नुपर्छ । 

भातः डाक्टरका अनुसार भात चिसो प्रकृतिको हुन्छ र यसमा खकार बन्ने गुण पाइन्छ । यस्तोमा यसले रुघा– खोकीको समस्यालाई थप बढाउन सक्छ । यसै कारण रुघा–खोकी लाग्दा वा घाँटीको संक्रमण हुँदा डाक्टरले भात, दही, मसालेदार भोजन, केरा आदि नखान सल्लाह दिन्छन् । 

चिनीः खोकी लाग्दा चिनी पनि खानुहुँदैन । यसले छातीमा इन्फ्लेमेशनको समस्यालाई बढाउने काम गर्छ । यति मात्रै होइन, चिनीले हाम्रो प्रतिरोधी क्षमतालाई कमजोर गरेर रुघा–खोकीको समस्या बढाउन सक्छ । 

कफीः यदि तपाईंलाई खोकी लागिरहेको छ भने क्याफिन युक्त पेय पदार्थको सेवन गर्नबाट बच्नुहोस् । क्याफिनले घाँटीको मांसपेशीलाई डिहाइड्रेट गर्ने काम गर्छ जसका कारण खोकीको समस्या थप बढ्न सक्छ । 

मद्यपानः चिनीजस्तै रक्सीजन्य पदार्थले पनि छातीमा इन्फ्लेमेशनको समस्या बढाउने काम गर्छ । यो हाम्रो सेतो रक्त कोसिकाका लागि पनि खतरनाक छ जसले शरीरको घाउ भर्ने प्रक्रियालाई सुस्त बनाउँछ । 

तारेका खानेकुराः मनसूनमा मानिसहरुलाई चियासँग पकौडा, फ्रेन्च फ्राइज खान मनपर्छ । तर ब्याक्टेरियल इन्फेक्सनका कारण खोकी लागिरहेको छ भने बिर्सेर पनि तारेका खानेकुरा नखानुहोस् । चिल्लो, भुटेका, तारेका खानाले तपाईंको घाँटीमा क्षती पुर्याउँछ र खोकीको लक्षणलाई गम्भीर बनाउनेछ । 

प्रोसेस्ड फूडः वर्षायाममा खोकीको समस्या हुँदा प्रोसेस्ड फूडबाट पनि टाढै बस्नुहोस् । तपाईंले बजारमा पाइने डिब्बामा बन्द गरिएका खानेकुरा, क्यान सूप वा केचअपजस्ता खानेकुरा पनि टाढै बस्नुपर्छ । 

चिसा खानेकुराः यो मौसममा यदि तपाईंलाई खोकीले सताइरहेको छ भने चिसो खानेकुराबाट बच्नुहोस् । तपाईंले आइसक्रिम वा चिसो पानी वा जूस बिर्सेर पनि खानुहुँदैन । चिसा खानेकुराले तपाईंको खोकीलाई थप बढाउने गर्छ । 

यस्ता खानेकुरा खाँदा पाइन्छ राहतः ब्याक्टेरियल इन्फेक्सन हुँदा दालचिनी, काँचो लसुन वा ल्वाङजस्ता चिजको सेवनले घाँटीलाई राहत दिन सक्छ । औषधीय गुणले भरपुर यी खानेकुराले खोकी लाग्दा निकै हदसम्म आराम दिनसक्छ ।