१९ असार २०८३, शुक्रबार
,
Latest
तनहुँकाे ढाक्रेखोला सडकखण्ड १५ दिन बन्द कर्णालीमा खसेको फोर्स गाडी र यात्रुको खोजी दोस्रो दिन पनि जारी ‘टर्बाइन’ बिग्रिएपछि म्याग्दीका दुई गाउँमा अन्धकार काठमाडौँका १० वडामा स्रोतमै फोहर वर्गीकरण, बञ्चरेडाँडामा जाने फोहर ५ ट्रकले घट्यो ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’ आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु



अ+ अ-

काठमाडौँ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रुपमा छलफल गरिनेछ । समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदनलाई पास गरिनेछ ।

आजै बिहान बसेको स्थायी समितीको बैठकले आइतबार नै केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने गरि अघि बढ्ने निर्णय गरेको थियो ।