१९ असार २०८३, शुक्रबार
,
Latest
काठमाडौँका १० वडामा स्रोतमै फोहर वर्गीकरण, बञ्चरेडाँडामा जाने फोहर ५ ट्रकले घट्यो ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’ आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाग्मतीमा ११ लाखले पाए पूर्ण खोप



अ+ अ-

वाग्मती । वाग्मती प्रदेशमा कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या हालसम्म १० लाख ८२ हजार ३९० रहेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सो तथ्याङ्क हालसम्म १८ वर्ष भन्दामाथिका नागरिकले  पूर्ण खोप  लगाएको सङ्ख्या हो । प्रदेशमा रहेका १८ वर्ष माथिको जनसङ्ख्यामध्येमा १९ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् ।

सरकारले  खोप उपलब्धता पर्याप्त गराएसँगै कोभिसिल्ड वा  भेरोसेल खोपमध्ये कुनै खोपका दुवै डोज  र जोनसेन गरी पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या सो रहेको मन्त्रालयले जनाएको  छ ।

यसैगरी १८ वर्ष भन्दामाथिका व्यक्तिले कुनै एउटा खोपको पहिलो मात्रा खोप लगाएका नागरिकको सङ्ख्या आठ लाख ४७ हजार २०२ रहेको छ ।