२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको सांगठनिक संरचना नेकपाकै जस्तो, उपमहासचिव पद थप (पूर्णपाठ)



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरिम विधान २०७८ पेश गरेका छन् । अन्तरिम विधानमा साविक नेकपाकै संरचनालाई निरन्तरता दिने उल्लेख गरिएको छ। 

यसअघि विधानमा नरहेको उपमहासचिव पद थप गरिएको छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने विधान संशोधन प्रस्तावमा उल्लेख छ ।

बैठकमा पेश भएको ५२ पन्ने विधानमा केन्द्रीय समिति दुई राष्ट्रिय महाधिवेशन बीचको पार्टीको सर्वोच्च अंग हुने उल्लेख छ।

केन्द्रीय कमिटीबाट पारित भएपछि राष्ट्रिय अधिवेशनबाट अनुमोदन गरेर यो व्यवस्था कार्यान्वयन हुनेछ । केन्द्रीय कमिटीको एक तिहाइको पोलिट्ब्युरो र पोलिट्ब्युरोको एक तिहाइको स्थायी कमिटी बनाउने माओवादीको प्रस्ताव रहेको छ ।