५ श्रावण २०८३, मंगलवार
,
Latest
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा सन्थाल नृत्य सुरु



अ+ अ-

झापा । दसैँ भित्रिएसँगै जिल्लाका विभिन्न स्थानमा आजदेखि सन्थाल मेला लाग्न सुरु भएको छ । मेलामा उनीहरुले मौलिक सांस्कृतिक नृत्यहरु रङ्गीचङ्गी पहिरनमा बाजा गाजासहित देखाउने गरेका छन् ।

सोही क्रममा आज कनकाई नगरपालिकास्थित कनकाई माध्यमिक विद्यालयको खेलमैदानमा बृहत् ‘कनकाई सन्थाल मेला’ सञ्चालन भएको छ । कनकाई खेलकुद प्रतिष्ठानले आयोजना गरेको मेलामा जिल्लाभरका सन्थाल समुदायको उपस्थिति रहेको छ ।

प्रतिष्ठानले प्रत्येक वर्ष फूलपातीका दिन आयोजना गर्दै आएको मेलामा यस वर्ष नृत्य प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा झापा र मोरङका गरी १८ वटा टिमले लोप हुन लागेको सन्थाल नृत्य प्रस्तुत गरेका छन् ।

दसैँको रमझमसँगै पूर्वी तराईमा सन्थालहरु मुरली, झ्याम्टा र ढोल बोकेर नाच्दै रमाउन थालेका छन् । जिल्लाको गरामनी, सैनिकमोड, गौरीगञ्ज, टाघनडुब्बा, फुलबारी, महाभारा, लालपानी, शरणामती, झापाबजार, चारआली, लखनपुरलगायतका क्षेत्रमा सन्थाल समुदायको बाक्लो बसोबास छ ।

सन्थाल नृत्य गर्दा सन्थाल पुरुष र महिला रङ्गीचङ्गी पहिरन, कमिज गञ्जी, धोती, शिरमा मयुरको प्वाँख र ऐना, कम्मर र खुट्टामा झुम्का र कल्ली लगाउँछन् ।

दसैँमा ‘दुर्गा पूजा’ पनि बडो धुमधामका साथ मनाउने उनीहरुले गाउँगाउँमा स्थापना गरिएका दुर्गा माताका मन्दिरमा पनि नृत्य प्रदर्शन गरेका छन् । आजकै दिनदेखि उनीहरुटोली–टोली मिलेर देउसी खेले जस्तै दसैँ गीत गाउँदै र नाच्दै रमाइलो गर्दै गाउँगाउँ हिँड्छन् । रासस




भर्खरै