२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरक्षित वन्यजन्तु सालकको खपटा सहित २ जना पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बालाजुबाट संरक्षित वन्यजन्तु सालकको १ केजी ५ सय ग्राम खपटा सहित २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा मकवानपुर बकैया गाँउपालिका-२ बस्ने ३६ वर्षीय कान्छालाल मोक्तान र सोही ठाउँ बस्ने ४० वर्षीय धन बहादुर योञ्जन रहेका छन् । 

संरक्षित वन्यजन्तु सालकको खपटा अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त खपटा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

 उनीहरुलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं बुझाईएको उक्त व्यूरोले जनाएको छ ।