२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको आग्रहः अफगानिस्तानमा रहेका नेपाली सम्पर्कमा आउनु



अ+ अ-

काठमाडौं । अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सम्पर्कमा आउन सरकारले आग्रह गरेको छ । 

परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्तिमार्फत अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण संकलनका लागि अनलाइन रजिस्ट्रेसन शुरु गरेको जनाएको छ ।

अब अफगानिस्तानमा रहेका नेपाली नागरिक वा उनीहरुको परिवारका सदस्यले कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np/np/ मा आफ्नो नामसहितको विवरण समावेश गर्न सक्नेछन् ।

यस्तै परराष्ट्र मन्त्रालयले उद्धारसँग सम्बन्धित सम्पर्कको लागि भाइबर, ह्वाट्सएप सुविधासहितको मोबाइल नम्बरहरुमा पनि सम्पर्क गर्न भनेको छ । उद्धारका लागि  ं +९७७-७७४९३२६४५८ (कन्सुलर सेवा विभाग) र +९७७-९७७४९३२६४५९ (परराष्‍ट्र मन्त्रालय) मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।