१९ असार २०८३, शुक्रबार
,
Latest
स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ लाख ८० हजार शेयर कारोबार सक्रिय



अ+ अ-

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७७/७८ मा अघिल्लो वर्षको तुलनामा मेरो सेयरको सङ्ख्या करिब साढे तीन गुणाले बढेर २८ लाख पुगेको जानकारी दिएको छ । प्रतिनिधिसभा अर्थ समितिको आजको बैठकमा सो आवमा डिम्याट खाता पनि शात प्रतिशतभन्दा बढी वृद्धि भई ३७ लाख दिइयो । उक्त आवमा रु १४ अर्ब १५ करोड पूँजीगत लाभकरवापत सरकारलाई राजश्वमा योगदान दिन सफल भएको बोर्डका कार्यकारी प्रमुख भीष्मराज ढुङ्गानाले जानकारी दिनुभयो ।

१५औँ योजनाको पूँजी बजारसम्बन्धी परिमाणत्मक लक्ष्य धितोपत्रमा लगानीकर्ताको सङ्ख्या बढाइ कूल जनसङ्ख्याको २० प्रतिशत पुर्याउने रहेकामा आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा १२ प्रतिशत पुगेकाले सहजरुपमा लक्ष्य हासिल दाबी गरिएको छ । धितोपत्रको प्रारम्भिक सार्वजनिक एउटै निष्काशनमा करिब २४ लाखले आवेदन दिई खरिद गरेको तथ्याङ्क बैठकमा प्रस्तुत गरियो । विसं २०७७ असारमा धितोपत्रको दोस्रो बजार अनलाइन कारोबारका लागि ३५ हजारभन्दा बढीले युजर डि लिएकामा समीक्षा वर्षमा उक्त सङ्ख्यामा २२ गुणभन्दाबढीले वृद्धि भई सात लाख ९५ हजार पुगेको छ ।

समग्रमा आठ लाख ८० हजार लगानीकर्ता कारोबारमा सक्रिय रहेको तथा पूँजी बजारमा लगानीकर्ता क्रमश : प्रविधिमैत्री हुँदै गएको बताइएको छ । धितोपत्रको प्राथमिक बजारमार्फत पूँजी परिचालनका लागि वित्तीय क्षेत्र बाहिरका हाइड्रो, उत्पादनमूलक, व्यापारिक तथा केबलकारजस्ता कम्पनी सक्रिय छन् । प्राथमिक बजारमार्फत धितापत्र निष्काशनमा आब २०७७/७८ उल्लेख्य वृद्धि भएको छ । यस वर्ष प्राथमिक बजारमार्फत रु १०८.२२ अर्ब बराबरको धितापत्र निष्काशनका लागि बोर्डले अनुमति दिएको छ । साधारण सियर  र ऋणपत्र निष्काशनमा पनि उल्लेख्य वृद्धि भएको छ । नेपालको पूँजी बजारमार्फत परिचालन भएको रकम सार्क देशमै दोस्रो ठूलो रकम हो । नेपाली सेयर बजार पूँजीकरणतर्फ ४४ खर्ब ३७ अर्ब पुगेर नयाँ उचाई कायम भएको छ ।

धितोपत्र बजारको विकास र विस्तारका लागि बोर्डले चालेका कदम कारण बजारमा लगानीकर्ताको मनोबल बढी सर्वसाधारणको सहभागिता उत्साहजनक रुपमा वृद्धि भएको निर्देशक ढुङ्गानाले बताउनुभयो । एक वर्षदेखि बजारका अधिकांश परिसूचक ऐतिहासिक उचाइमा पुगेको तथा बजार पूर्वाधार र सेवा सुधार, धितोपत्रको निष्काशनमार्फत पूँजी परिचालन, सर्वधारणको सहभागिता, दोस्रो बजारको कारोबार, नेप्से सूचकाङ्कजस्ता विविध परिसूचक पनि ऐतिहासिक रहेका छन् ।

पूँजी बजारको गुणात्मक विकास, विस्तार एवं व्यापक संरचनात्मक परिवर्तनमार्फत अन्तर्राष्ट्रियस्तरको बनाउन चालू आवलाई रणनीतिक योजना कार्यान्वयको विशेष वर्षका रुपमा अघि सारिएको छ । सूचना प्रविधि पूर्वाधारको जग तयारी वर्षका साथै पूँजी बजार विस्तार तथा बजारका पहुँच अभिवृद्धिका रुपमा लिने प्रतिबद्धता गरिएको धितोपत्र बोर्डले जनाएको छ । धितापत्र बजार तथा वस्तु विनियम बजारसम्बन्धी नीति तथा कार्यक्रम स्वीकृत भई सार्वजनिकको तयारीमा रहेको पनि बैठकमा जानकारी दिइयो ।