२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

असोजभित्र थप एक करोड खोप ल्याइने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले  सरकारले  आगामी  असोजसम्म  कम्तीमा एक करोड खोप ल्याउने बताएका छन्  । प्रधानमन्त्री देउवाले हाल आइसकेको एक करोड आठ लाख खोपबाहेक असोजसम्म थप एक  करोड  खोप  मुलुकमा  ल्याइने  प्रतिबद्धता  जनाए ।  

कोभिड–१९  को  महामारीले  सिर्जना  गरेको  चुनौती  र  जिम्मेवारीबारे  आइतबार  आयोजित  भर्चुअल  समिटमा प्रधानमन्त्री देउवाले आगामी चैतसम्म खोप  लगाउन  उपयुक्त  सबै  जनतालाई  खोप  लगाउने प्रण सरकारले गरेको बताए । यो  सप्ताहान्तसम्म  पूर्ण  मात्रामा  खोप  लगाएका ३२ लाखसहित कुल ७८ लाख जनाले कम्तीमा खोपको पहिलो डोज लगाएको र दिनको तीन लाख ६७ हजारसम्मलाई खोप लगाइएको जानकारी प्रधानमन्त्री देउवाले दिए ।

उनले  सर्वप्रथम  खोपको  व्यवस्थापन,  वितरण नै यो महामारीविरुद्ध लड्ने मुख्य उपाय हो  भन्नेमा  यो  सरकार  पूर्ण  विश्वास  रहेकोे  बताए । प्रधानमन्त्रीले विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ का कारण नेपालले विगत लामो  समयदेखि  यसका  चौतर्फी  असर  भोग्दै  आएको  उल्लेख  गरेका छन् ।

सरकारको  कोभिडविरुद्धको  रणनीति  विज्ञानमा,  स्वास्थ्य  क्षेत्रका  विज्ञहरूको  सल्लाहमा  बनाउनेसमेत  प्रधानमन्त्री देउवाले बताउनुभएको छ । सरकारले कोभिड–१९ विरुद्धको तत्कालीन, मध्यकालीन  तथा  दीर्घकालीन  आर्थिक  पुनरुत्थानको  रणनीतिमा  काम  गरिने  जानकारी  प्रधानमन्त्री  देउवाले  दिएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।