२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य र प्रदेशसभा सदस्यसहित नेता तथा कार्यकर्ता नेकपा (एमाले) प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आयोजित कार्यक्रममा समाजवादीका केन्द्रीय सदस्य तथा मधेश प्रदेश प्रमुख सचेतक सुन्दर विश्वकर्मा, प्रदेशसभा सदस्य सीता गुरुङ, सुरेश यादवलगायत नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता तथा कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् ।

एमाले प्रवेश गर्ने सबै नेता तथा कार्यकर्तालाई एमाले अध्यक्ष ओलीले टीका तथा खादा लगाई स्वागत गर्नुभएको थियो ।