९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुनियाँभर मादल बज्दा पनि ब्यूँझिएन सरकार : गोकुल बाँस्कोटा



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद गोकुल बाँस्कोटाले अफगानिस्तान घटनाबारे नेपाल सरकारको दृष्टिकोण सार्वजनिक गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको बैठकमा बिशेष समय लिएर आफ्नो घारणा राख्दै नेता बास्कोटाले सार्कको अध्यक्ष राष्ट्रको हिसाबले नेपालको दृष्टिकोण के हो तत्काल संसदलाई जानकारी गराउन माग गर्नुभयो ।  

दुनियाँभर मादल बज्दा पनि ब्यूँझिएन  सरकार भन्दै उहाँले अफगानमा संकटमा परेका नेपालीले देश छ सरकार छ सुरक्षा दिन्छ भन्ने अनूभुति गर्न नसकेको बताउनुभयो ।  उहाँले भन्नुभयो 'कम्फर्टेवल सरकारले अगिल्लो ओली सरकारको आलोचना गर्ने बाहेक अरु के गर्यो ?' नेता बाँस्कोटाले अफगानमा रहेका नेपालीहरुको रक्षा र फिर्ता गर्ने बारे सरकारले के गरिहेको छ भन्दै यस बारेमा सभामुखले रुलिङ्ग गर्नुपर्ने बताउनुभयो ।  

सभामुख अग्नी सापकोटाले अफगान घटनामा आफ्नो र प्रतिनिधिसभाको गम्भिर ध्यानकर्षण भएको भन्दै आगामी बैठकमा जानकारी गराउन रुलिङ गर्नुभएको छ ।