६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा राजसंस्था हुनैपर्ने अवस्था आयो: रवीन्द्र मिश्र



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मुलुकमा राजसंस्था हुनैपर्ने अवस्था आएको बताउनु भएको छ ।

राष्ट्रपतिजस्तो संस्थाले समेत इमान्दारितापूर्वक काम गर्न नसकेकाले मुलुकमा राजसंस्था हुनैपर्ने रहेछ भन्ने आफूलाई लागेको उहाँको भनाई थियो । बुधबार काठमाडौंमा आयोजित राप्रपा र मिश्र नेतृत्वको बृहत्तर धुब्रीकरण समूहबीचको एकता कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष मिश्रले राजनीतिभन्दा माथि उठनुपर्ने राष्ट्रपति संस्था इमान्दार नभएको, सरकार भ्रष्ट भएको भन्दै आपत्ति समेत जनाउनु भयो ।

उहाँले मुलुकले संघीयता धान्नै नसक्ने जिकीर गर्नु भयो । राजनीतिक, आर्थिक, भौगोलिक कुनै पनि रुपमा मुलुकले संघीयता धान्नै नसक्ने मिश्रको तर्क थियो । वरिष्ठ उपाध्यक्ष मिश्रले धर्मको नाममा, जातको नाममा राजनीति हुन थालेपछि मुलुक झनै कमजोर हुँदै गएको दावी गर्नु भयो ।

उहाँले भन्नु भयो, ‘हामी कमजोर र भ्रष्ट सरकार र समाज लिएर बसेका छौं । जहाँ राष्ट्रपति संस्था, जुन राजनीतिक भन्दा माथि उठनुपर्ने हो । त्यो संस्थाले इमान्दारितापूर्वक काम गर्दैन । जहाँ प्रधानमन्त्रीको संस्थाले इमान्दारितापूर्वक काम गर्दैन । जहाँ प्रशासन र प्रहरीले इमान्दारितापूर्वक काम गर्दैन । जहाँ सबै स्वार्थ केन्द्रित छन । जुन देश भूराजनीतिक रुपले संवेदनशील छ । कुनै पनि संस्थाले राम्रो काम गर्न नसक्ने ठाउँमा यदि कुनै पनि किसिमको द्वन्द्व भयो भने त्यसलाई कसले सम्हाल्ने रुयदि राजनीति गर्ने हो भने एउटा स्पष्ट कुरा के हो भने यो देशकै निम्ति राजनीति गर्ने हो ।’

‘देशको निम्ति राजनीति नहुँदा स्रोत, साधन सम्पन्न देशले दुःख पायो । समाज विकृत भयो । देशकै निम्ति राजनीति गर्ने हो भने राजसंस्था हुनुपर्ने रहेछ भन्ने मलाई लाग्यो । संघीयता आर्थिक रुपमा मात्रै होइन, राजनीतिक रुपमा पनि धान्न सकिदैन । भौगोलिक रुपमा त झन संघीयता धान्ने नसकिने गम्भिर विषय हो ।’

वरिष्ठ उपाध्यक्ष मिश्रले आफूमा भन्दा बढि नेपाली काँग्रेसमा विचलन आएको आरोप समेत लगाउनु भयो ।