२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ह्वाइट हाउसबाहिर अफगानी जनताको विरोध, लगाइयो ‘बाइडेन तिमी जिम्मेवार हौ’ नारा



अ+ अ-

एजेन्सी । अफगानिस्तानमा बिग्रिएको हालतबीच अमेरिकामा रहेका अफगानी जनताले अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसबाहिर विरोध प्रदर्शन गरेका छन् । 

उनीहरुले अफगानिस्तानको अहिलेको अवस्थामा अमेरिकी राष्ट्रपति जो बाइडेनलाई जिम्मेवार ठहरेका छन् । प्रदर्शनकारीहरुले बाइडेनलाई धोका दिएको आरोप समेत लगाएका छन् । 

उनीहरुले २० वर्षपछि फेरि सन् २००० को हालतमा आएको बताएका छन् । उनीहरुले बाइडेन तिमी यसको मुख्य जिम्मेवार हौ भन्दै नारा लगाएका छन् ।

अमेरिकी सेनालाई फिर्ता बोलाएको २० दिनभित्र पूरा अफगानिस्तानलाई तालिबानले कब्जामा लिएका छन् । 

अमेरिकी राष्ट्रपति बाइडेनले चुनाव जितेपछि अफगानिस्तानबाट अमेरिकी एवं न्याटो सैनिकलाई फिर्ता बोलाउने निर्णय गरेका थिए । 

बाइडेनले अमेरिकी सेनाले अफगानिस्तान छाड्ने बताएसँगै तालिबानको वर्चस्व बढेको हो ।