एजेन्सी । अफगानिस्तानमा तालिबानले सत्ता हातमा लिएपछि विकसित पछिल्लो घटनाक्रमप्रति चीनले आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको छ।
सोमबार बेइजिङमा पत्रकार सम्मेलनको आयोजना गरी चिनियाँ परराष्ट्र मन्त्रालयले अफगानी जनताको इच्छा र छनोटको चीनले सम्मान गर्ने बताएको हो ।
अफगानिस्तानमा रहेको चिनियाँ दूतावास र कर्मचारीहरूले सामान्य रूपमा आफ्नो काम जारी राखेको बताउँदै चीनले अफगानिस्तानबाट अधिकांश चिनियाँ नागरिकहरू दूतावासको पहलमा अघि नै चीन फर्किइसकेको र बाँकी चिनियाँहरू दूतावासको सम्पर्कमा रहेको जनाएको छ ।
।











