२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुर प्रवेश गर्ने पर्यटकलाई स्वागत



अ+ अ-

भक्तपुर । विश्व पर्यटन दिवसको अवसरमा आज भक्तपुर नगरपालिकाको विश्व सम्पदा सूचीमा रहेको पर्यटकीय क्षेत्र भक्तपुर दरबार स्क्वायर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकको समूहलाई स्वागत एवं सम्मान गरिएको छ ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आउनुभएका विदेशी पर्यटकको पहिलो समूहलाई ४३ औँ विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर दरबार क्षेत्रको खौमा ध्वाकामा खादा, भादगाउँले टोपी, परम्परागत शैलीमा पुष्पगुच्छा दिँदै स्वागत एवं सम्मान गर्नुभएको हो ।

कार्यक्रममा भक्तपुर प्रवेश गर्ने पहिलो विदेशी पर्यटक जर्मनीका एन्ड्री, अष्ट्रियाका रेवेका, बुल्गेरियाका मिमी र जर्जलाई लाखे प्याखं (नाच)का साथ भक्तपुरमा स्वागत गरिएको थियो ।

भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड व्यवस्थापन समिति र पर्यटक प्रहरीको संयुक्त आयोजनामा सो कार्यक्रम भएको हो । कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुरको प्रकाशन, काठको मयुरको झ्याल प्रदान गर्नुभएको थियो । नगर प्रमुख प्रजापतिले पर्यटकबाट उठेको शुल्कबाटै भक्तपुर नगरपालिकाले यहाँका सम्पदाको संरक्षण गर्नुका साथै शिक्षा, स्वास्थ्य, सरसफाइजस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्दै आएको बताउनुभयो ।

नगरपालिकाले पर्यटकको लागि आवश्यक स्थानीय पथप्रदर्शकको तालिम, चिनियाँ, जापानीलगायत विदेशी भाषाको प्रशिक्षण दिनुका साथै विभिन्न ठाउँमा पर्यटक शौचालय र पर्यटक सूचना केन्द्रको व्यवस्था गर्दै आएको बताउनुभयो ।