काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । सोमबार एन्फाले पोखराको बन्द प्रशिक्षणमा नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले १० खेलाडीलाई बाहिर राखेका हुन् ।
प्रशिक्षक अलमुताइरीले प्रशिक्षणमा २८ खेलाडी छनोट गरेको जनाएको छ । एन्फाले साफ च्याम्पियनसिपका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा ५० खेलाडीलाई बोलाएको थियो ।
टिमबाट बाहिरिनेमा विशाल सुनार, रन्दिप पौडेल, भरत खवास, जर्ज प्रिन्स कार्की, राजिब लोप्चन, सन्जोग राई, त्रिदेभ गुरुङ, रजिन धिमाल, सेसेहाङ आङ्देम्बे र बिक्रम लामा रहेका छन् ।
साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुनेछ ।