२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओलीले बोलाए आकस्मिक स्थायी कमिटी बैठक



अ+ अ-

काठमाडौं । संसदको अधिवेशन अन्त्य गरे संगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक स्थायी कमिटी बैठक बोलाएका छन् । सोमबार ओलीले आफ्नो निवास बालकोटमा स्थायी कमिटी बैठक बोलाएका हुन्। 

सरकारले संसद् अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने आकलन गर्दै आन्तरिक रणनीति बनाउन ओलीले छलफल गर्न लागेका हुन् । दल विभाजनसम्बन्धी अध्यादेश ल्याए माधव नेपाल पक्षलाई सहज हुने छ ।  

छलफलका लागि महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङलगायतका नेताहरू बालकोट पुगिसकेका छन् ।

एमालेको ओली पक्ष र माधव नेपाल पक्षबीच पार्टी एकताका लागि १०बुँदे सहमति भएपनि शीर्ष नेताहरू आरोप पत्यारोपमा लागि रहदा विघटित कार्यदलका सदस्यहरू एकताका लागि प्रयास गरिरहेका छन् ।