११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

अमेरिकी सेनाले अफगानिस्तानबाट उद्धार गरेका ११८ नेपाली काठमाडौं आइपुगे

अमेरिकी सेनाले अफगानिस्तानबाट उद्धार गरेका ११८ नेपाली काठमाडौं आइपुगे
अ अ+ अ-

काठमाडौ  । अफगानिस्तानबाट १२७ जना नेपाली स्वदेश फर्किएका छन् । अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि त्यहाँस्थित अमेरिकी दूतावासमा रहेका १२७ जना नेपालीलाई अमेरिकी सरकारले उद्धार गरेर नेपाल पठाएको हो । उ

नीहरु अफगानिस्तानको राजधानी काबुलबाट दोहा, कुबेत हुँदै मंगलबार बिहान काठमाडौं आइपुगेका हुन् । अफगानिस्तानबाट स्वदेश फर्किएका नागरिकहरुले अमेरिका दूतावासमा रहेका कारण आफूहरुलाई समस्या नभएको प्रतिक्रिया दिएका छन् ।

धनगढीका कृष्ण तामाङ बाहिर समस्या भए पनि अमेरिकी दूतावासमा कुनै समस्या नभएकोले गाह्रो नभएको बताउनुहुन्छ । उहाँले अमेरिकी दूतावासमा अन्य स्थानको भन्दा सुरक्षित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, बाहिर÷बाहिर समस्या थियो होला,  हामी सेभ थियौँ, अमेरिकी एम्बेसी भएकाले यहाँको भन्दा सेभ थियौँ । त्यसैगरी अफगानिस्तानमा ३ वर्षदेखि काम गरिरहेका र आजै स्वदेश फर्किएका अर्का नेपाली प्रकाश श्रेष्ठले बाहिरको अवस्था असहज रहेको बताउनुभयो । उहाँले दूतावासमा रहेकालाई स्वदेश फर्किउन्जेल केही नगर्ने भनिएकोले त्यति गारो असहज नभएको बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “बाहिरी एरियामा अहिल गाह्रो छ, भित्र एम्बेसीमा केही गर्दैनौ तपाईहरु स्वदेश फर्किउन्जेल भनेको थियो, यूएस एम्बेसीमा रहेका सबै नेपाली आयौँ, अफगानिस्तनामा अझै कति नेपाली हुनुहुन्छ त्यो यकिन थाहा छैन, हामीलाई यूएस एम्बेसीले नै ल्याएको हो, नेपालीहरु सबै सुरक्षित नै छन्, यूएस आर्मीको हेलिकप्टरले रेस्क्यू गरेर एयरपोर्टसम्म ल्याउने काम गरिहेको छ ।”

त्यस्तै स्याङ्जाका इन्द्र पौडेलले आफू एम्बेसीमा रहेकोले बाहिरका नेपाली साथीहरुको बारेमा खासै जानकारी नरहेको बताउनुभयो । उहाँले नेपाल सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउने पहल गरिदिए राम्रो हुने बताउनुभयो । त्यहाँको अहिलेको अवस्था एकदमै दर्दनाक र सुन्नै नसकिने रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बाहिरका साथीहरुको बारेमा खासै जानकारी भएन, तपाईहरुले पहल गरिदिए उहाँहरुलाई सजिलो हुन्थ्यो, कोही किड्न्याप भएको भन्ने कुराहरु पनि आएको छ, आधिकारिक रुपमा सुनेको छैन, एकदमै दर्दनाक, सुन्नै नसकिने र देख्नै नसकिने अवस्था छ, त्यहाँबाट फर्किंदा नै धेरै राम्रो छ ।”

उहाँले काबुलमा आफू बाध्यताले जानु परेको भन्दै त्यस्तो ठाउँमा नजाँदा नै राम्रो हुने सल्लाह दिनुभयो । अफगानिस्तानमा तालिबानले सत्ता लिएपछि त्यहाँ रहेका विदेशीहरु स्वदेश फर्किने क्रम जारी रहेको छ । अमेरिकी दूतावासले उद्धार गरेर नेपाल फर्काएका १२७ जना नेपाली नेपाली सेनाले क्वारेन्टाइनका लागि सामाखुसीस्थित राधास्वामी सत्संग लगेको छ । त्यहाँ आरटीपीसीआर परीक्षणपछि क्वारेन्टाइनको अवधि सकिएसँगै उनीहरुलाई घर पठाउने सरकारको योजना छ ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार आज बिहान १० बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजको बिमानले ११८ नेपालीहरुलाई ल्याएको हो ।  उनीहरु अफगानिस्तानस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए ।