११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

मकवानपुरमा मतदाता सङ्ख्या बढ्यो

मकवानपुरमा मतदाता सङ्ख्या बढ्यो
अ अ+ अ-

बागमती । यही आउँदो मङ्सिर ४ गते हुने प्रतिनीधिसभा र प्रदेश सभाको निर्वाचनका लागि मकवानपुरमा मतदाताको सङ्ख्यामा वृद्धि भएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ । सो निर्वाचनका लागि अहिले मतदाताको सङ्ख्यामा वृद्धि भएर तीन लाख सात सय ३३ मतदाता पुगेको सो कार्यालयका प्रमुख लुम्वनाथ पोखरेलले बताउनुभयो । वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा दुई लाख ९४ हजार नौ सय १९ जना मतदाता थिए ।

मकवानपुरमा अहिले पाँच हजार आठ सय १४ मतदाता थपिएको बताइएको छ । मकवानपुरमा एक लाख ५३ हजार पाँच सय २८ पुरुष र एक लाख ४७ हजार दुई सय महिला तथा पाँच तेस्रो लिङ्गी रहेको बताइएको छ । मकवानपुरमा प्रतिनिधि तथा प्रदेशसभाका लागि एक सय ६७ वटा मतदानस्थल तथा तीन सय ६४ वटा मतदान केन्द्र रहको छ ।

आगामी असोज १५ गते देखि २० गते सम्ममा दुईवटा प्रतिनीधिसभा क्षेत्र रहको मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने सो कार्यालयले जनाएको छ । निर्वाचनका लागि हाल जिल्लामा म्यादी प्रहरीको छनोट कार्य भइरहको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।