२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरमा मतदाता सङ्ख्या बढ्यो



अ+ अ-

बागमती । यही आउँदो मङ्सिर ४ गते हुने प्रतिनीधिसभा र प्रदेश सभाको निर्वाचनका लागि मकवानपुरमा मतदाताको सङ्ख्यामा वृद्धि भएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाले जनाएको छ । सो निर्वाचनका लागि अहिले मतदाताको सङ्ख्यामा वृद्धि भएर तीन लाख सात सय ३३ मतदाता पुगेको सो कार्यालयका प्रमुख लुम्वनाथ पोखरेलले बताउनुभयो । वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा दुई लाख ९४ हजार नौ सय १९ जना मतदाता थिए ।

मकवानपुरमा अहिले पाँच हजार आठ सय १४ मतदाता थपिएको बताइएको छ । मकवानपुरमा एक लाख ५३ हजार पाँच सय २८ पुरुष र एक लाख ४७ हजार दुई सय महिला तथा पाँच तेस्रो लिङ्गी रहेको बताइएको छ । मकवानपुरमा प्रतिनिधि तथा प्रदेशसभाका लागि एक सय ६७ वटा मतदानस्थल तथा तीन सय ६४ वटा मतदान केन्द्र रहको छ ।

आगामी असोज १५ गते देखि २० गते सम्ममा दुईवटा प्रतिनीधिसभा क्षेत्र रहको मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने सो कार्यालयले जनाएको छ । निर्वाचनका लागि हाल जिल्लामा म्यादी प्रहरीको छनोट कार्य भइरहको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।