२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेशबारे छलफल , २० प्रतिशत केन्द्रीय समिति वा संसदीय दलमा संख्या भए विभाजन गर्न सकिने



अ+ अ-

काठमाडौ । सरकारले राजनीतिक दल विभाजन गर्नका लाागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए पुग्ने प्रावधान सहितको अध्यादेश जारी गर्ने तयारी गरेको छ । 

बालुवाटारमा बसिरहेको मन्त्रीपरिषद्को बैठकमा यस बारेमा छलफल भै रहेको प्रधानमन्त्रीको सचिवालय श्रोतले जानकारी दिएको छ । 

कति प्रतिशत राख्ने भन्ने  बिषयमा अन्योल रहेको बेला नेता माधव नेपालले २० प्रतिशत राख्न सुझाब दिएपछि राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्दै अध्यादेश मस्यौदा तयार पारिएको हो । 

अध्यादेश आजै राष्ट्रपति समक्ष पेश गरिने पनि स्रोतले जानकारी दियो ।  प्रदेश र स्थानिय तहका जनप्रतिनिधिहरुले अध्यादेश जारी भएको २१ दिन भित्र आफुले रोजेको राजनीति दलमा जान पाउने व्यवस्था पनि अध्यादेशमा गरिएको छ ।