२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेशबारे छलफल , २० प्रतिशत केन्द्रीय समिति वा संसदीय दलमा संख्या भए विभाजन गर्न सकिने



अ+ अ-

काठमाडौ । सरकारले राजनीतिक दल विभाजन गर्नका लाागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए पुग्ने प्रावधान सहितको अध्यादेश जारी गर्ने तयारी गरेको छ । 

बालुवाटारमा बसिरहेको मन्त्रीपरिषद्को बैठकमा यस बारेमा छलफल भै रहेको प्रधानमन्त्रीको सचिवालय श्रोतले जानकारी दिएको छ । 

कति प्रतिशत राख्ने भन्ने  बिषयमा अन्योल रहेको बेला नेता माधव नेपालले २० प्रतिशत राख्न सुझाब दिएपछि राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्दै अध्यादेश मस्यौदा तयार पारिएको हो । 

अध्यादेश आजै राष्ट्रपति समक्ष पेश गरिने पनि स्रोतले जानकारी दियो ।  प्रदेश र स्थानिय तहका जनप्रतिनिधिहरुले अध्यादेश जारी भएको २१ दिन भित्र आफुले रोजेको राजनीति दलमा जान पाउने व्यवस्था पनि अध्यादेशमा गरिएको छ ।