११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छः सभामुख सापकोटा(भिडियोसहित)

पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छः सभामुख सापकोटा(भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताउनुभएको छ ।

सोमवार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरुको फोटो पुस्तक ‘गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्दै सभामुख सापकोटाले यस्तो बताउनुभएको हो ।

उहाँले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिएर पर्यटन क्षेत्रको विकासमा सरकारले ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले सिन्धुपाल्चोक जिल्लाको जुगल हिमाल नेपालको एक पर्वतीय उद्योग रहेको बताउनु भयो ।

सभामुख सापकोटाले पर्वतीय क्षेत्रको विकास गर्नसके मात्रै देशमा पर्यटनको विकास हुनसक्ने जिकिर गर्नुभयो । सभामुख सापकोटाले स्थानीय र केन्द्र सरकारले पर्यटन विकासको लागि युवामैत्री नीति बनाउन आवश्यक रहेको पनि बताउनु भयो । उहाँले राजनीतिक पार्टी तथा विकास निर्माणको योजना बनाउँदा युवाको सहभागिता बढाउन आवश्यक रहेको बताउनु भयो ।

सभामुख सापकोटाले पछिल्लो समय राजनीतिक दलका ठूला नेताहरुको क्षणिक स्वास्र्थको लागि मात्रै भाषण गर्ने गरेको दाबी गर्नुभयो । उहाँले स्थानीय तहको निर्वाचनपछि स्वतन्त्रको चर्चा भएपनि लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्पमा स्वतन्त्र हुन नसक्ने बताउनु भयो ।

सभामुख सापकोटाले राजनीतिक पार्टीभित्र युवाहरुलाई प्रोत्साहन गर्ने र नेतृत्वदायी भूमिका दिनुपर्ने बताउनु भयो । उहाँले नेताहरुले कार्यनीतिक फाइदाको लागि रणनीतिक बनाएर भाषण गर्ने तर काम पूरा नगर्ने प्रवृति बढेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपालमा नेताहरुले बढी भाषण गर्ने चलन रहेको छ । तत्कालिन फाइदाको लागि भाषण गर्ने काम गर्ने प्रवृति छ । खुलस्त भन्नु पर्दा सट्साइटेट कार्यनीति फाइदाको लागि नेताहरुले भाषण गर्ने गरिएको छ । कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वास्र्थ लागि लागेको देखिन्छ । काम गरेर देखाउन एक्कसनमा जानुपर्छ ।’

‘एक दुई तीन गरी काम गर्ने योजनाका रुपमा जानुपर्छ । विकासको काममा युवाहरुको सहभागीता बढाउनुपर्छ। युवाहरुले धक्का नदिने हो भने मुलुकमा पर्यटन लगायत अन्य विकास अगाडि बढ्न नसक्दैन । अहिले युवा भन्दा स्वतन्त्र आदि इत्यादिको चर्चा रहेको छ । स्वतन्त्रहरुले पनि आफ्नो ठाउँमा योगदान दिइरहेका छन् । युवाहरुको क्षमता बाहिर ल्याएका छन् । त्यो ठिक छ । तर अहिलेका लागि लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएकाले पार्टीको विकल्प छैन ।’

‘राजनीतिक पार्टीभित्र युवाहरुलाई प्रोत्साहन गर्ने र पार्टी भित्र युवाहरुले नेतृत्वदायी भएर अगाडि बढ्ने कुरामा ध्यान दिनुपर्छ । स्थानीय तहका सरकारहरुले पनि युवा मैत्री नीति बनाएर जानुपर्छ । केन्द्र सरकारले सबै भन्दा बढी युवा नीति बनाउन जरुरी छ । नेपालका पर्वतीय क्षेत्रहरु राष्ट्रिय उद्योग हो । यस्ता पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ । सरकारको ध्यान अब पर्वतीय क्षेत्रको विकासमा हुनु पर्छ ।’

उहाँले राजनीतिक पार्टीहरुले युवालाई प्रोत्साहन गर्ने विषयमा ध्यान दिन जरुरी रहेको बताउनु भयो ।