२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दल बिभाजन सम्बन्धि अध्यादेश ल्याउने कार्य प्रतिगामी कदम: गोकर्ण बिष्ट



अ+ अ-

काठमाडौ ।  नेकपा एमालेका नेता गोकर्ण बिष्टले दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउने कार्य  प्रतिगामी निर्णय भएको बताउनु भएको छ । नेता बिष्टले सामाजिक संञ्जाल मार्फत आफ्नो दृष्टिकोण सार्बजनिक  सबैलाई बिरोधका लागि आब्हान गर्नुभएको छ ।

उहाँले  प्रतिगामी निर्णय  फिर्ता लिन बाध्य पारौँ भन्दै  यसले राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सृजना गर्ने जनाउनु भएको छ ।

उहाँले लेख्नु भएको छ –

लोकतान्त्रिक अभ्यास र संविधानको मर्म विपरित दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक छ । यसले दलभित्र उत्पन्न हुने अन्तरबिरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा बिभाजनलाई प्रोत्साहित गर्नेछ । राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सृजना गर्नेछ । दलहरुप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ । अन्ततः यसले नेपालको राजनीतिमा दुस्खद परिणाम निम्त्याउने छ । यसप्रकारको प्रतिगामी निर्णयको सबैले बिरोध गरौँ । फिर्ता लिन बाध्य पारौँ ।