• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   रवि लामिछानेविरुद्धको रिटमा आज पनि सर्वोच्चमा सुनुवाइ ★   ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र ★   रास्वपाका मन्त्रीहरुले राजीनामा दिँदै ★   चुरे विनास भएकोका चिन्ता, संरक्षणको माग ★   प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ आज ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र भुसाल भिड्दै ★   रास्वपाले गर्‍यो महामन्त्री ढकाललाई निलम्बन, बुर्लाकोटीलाई कार्यवाहकको जिम्मेवारी, प्रवक्तामा मनिष ★   पार्टीमा बस्ने वातावरण छैन भन्दै निस्किए महामन्त्री ढकाल ★   ललितपुर महानगरले भत्कायो अख्तियारका आयुक्त अमात्यले अतिक्रमित गरेको संरचना ★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए

अब सबैको एजेन्डा आर्थिक समृद्धि हुनुपर्छ: कमल थापा



हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अब मुलुकमा आर्थिक समृद्धि बाहेक अरु बिषयका बहस निरर्थक रहेको बताएका छन् ।

वाद, सिद्धान्त, क्रान्तिका चर्का नाराले जनताको जिबनस्तरमा सुधार नआउने भन्दै थापाले मुलुकलाई असफल राष्ट्र हुनबाट जोगाउन सबै गम्भीर र जिम्मेवार हुनुपर्नेमा जोड दिए । भ्रस्टाचार ,कुशासन र बेरोजगारीको दलदलमा मुलुक भासिएको चर्चा गर्दै थापाले यो डरलाग्दो चक्र तोड्नको निमित्त दुरदर्शी नीति र योजना आबश्यक भएको बताए ।

सत्ता र स्वार्थ केन्द्रित नेता र पार्टीले मुलुकलाई निकास दिन नसक्ने भन्दै थापाले राष्ट्रबादी सोच र चिन्तन अहिलेको आबश्यकता भएको जिकिर गरे । अहिले देखिएको राजनैतिक सेन्टिगेटले मुलुक थप द्वन्द्व तर्फ धकेलिने हुँदा जनताले राष्ट्रबादी शक्तीलाई रोज्नु पर्ने आबश्यकता औल्याए । मकवानपुर गढी गाउँ पालिकाका विभिन्न पार्टी परित्याग गरि राप्रपा नेपाल प्रवेश गर्नेहरुलाई थापाले आज पार्टीमा स्वागत गरे ।

शेर बहादुर पाख्रीनको नेतृत्वमा प्रवेश भएका कार्यक्रममा राप्रपा नेपालका नेताहरु गणेश थापा, राजाराम बर्तौला, गुरु सापकोटा लगायतको उपस्थिती रहेको थियो ।