काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवासबाट बालुवाटार फर्किनुभएको छ ।
राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेश जारी गर्ने मन्त्रिपरिषद बैठकको निर्णय लगत्तै उहाँ राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएको थियो ।
स्रोतका अनुसार भेटमा प्रधानमन्त्री देउवाले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी नगर्दा संसद र सरकारले व्यहोर्नुपरेको असहजताबारे जानकारी गराउनुभएको थियो।