२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा भदौ ७ सम्म निषेधाज्ञा



अ+ अ-

दमौली । तनहुँमा पुनः निषेधाज्ञा आदेश जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले आजदेखि ७ गतेसम्मका लागि सो आदेश  जारी गर्नुभएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको आइतबार बसेको बैठकले कोरोनाको जोखिम अझै कायमै रहेको जनाउँदै  यसअघि जारी निषेधाज्ञालाई निरन्तरता दिन सिफारिस गरेको थियो । 
कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक आचार्यले थपिएको निषेधाज्ञा पहिलाको भन्दा कडा हुने र उल्लङ्घन गर्नेलाई जरिवाना गरिने बताउनुभयो । 
पसल खोल्ने समय अहिले घटाएर बिहान ५ देखि १० बजेसम्म मात्रै खोल्न र  व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न दिइने तर अन्य क्रियाकलापमा भने पूर्णरूपमा प्रतिबन्ध लगाइएकोे छ ।
जिल्लामा  दिनदिनै  कोरोना सङ्क्रमित बढ्दै गएका र अहिले   सक्रिय सङ्क्रमितको सङ्ख्या ४७६ पुगेको छ । वैशाखदेखि यता चार हजार ६९७ जनामा सङ्क्रमण पुष्टि भएकामा चार हजार १२२ निको भएका र ९९ को मृत्यु भएको छ । 

 ‘ट्रि हाउस’ बन्द

कोरोनाको जोखिम बढेपछि तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको हरियाली पार्क सहितको ट्रि हाउस बन्द गरिएको छ । पछिल्लो समय चर्चित यस स्थलमा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेकाले जोखिम बढ्न नदिन केही समयका लागि बन्द गर्ने निर्णय गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयको निर्देशनमा  अर्को सूचना जारी नभएसम्मका उक्त स्थल बन्द गर्ने निर्णय गरिएको सामुदायिक वनका अध्यक्ष ईश्वर रानाभाटले जानकारी दिनुभयो । ट्रि हाउसमा बिदाका दिनमा चार–पाँच सय र अन्य दिन  एक सय आन्तरिक पर्यटक पुग्ने गरेका थिए । 

डिभिजन वन कार्यालयको रु १२ लाख ५० हजारको लागतमा उद्यान सहितको ‘ट्रि हाउस’ निर्माण गरिएको  थियो । रुखमाथि बनेको घर जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य हो । पृथ्वीराजमार्गबाट दुई सय मिटरको दूरीमा रहेको उक्त ठाउँलाई पर्यटकीयस्थल बनाउन  उद्यानका साथै रुखमा घर बनाइएको थियो । रुखलाई भित्र पारेर निर्माण गरिएको दुई तहको काठको घरबाट दृश्यावलोकन गर्न सकिन्छ । राजमार्गबाट नजिकै भएकाले पनि यस ठाउँले चर्चा पाएको हो ।

एक हप्तादेखि उठेन फोहर

सदरमुकाम दमौलीमा एक हप्तादेखि फोहर नउठ्दा बजार क्षेत्र दुर्गन्धित हुन थालेको छ । व्यास नगरपालिका–१ चारकुनेमा अस्थायीरुपमा निर्माण गरिएको ल्याण्डफिल्ड साइट भरिएपछि दमौली बजारको फोहर उठाउन नसकिएको हो । 
नगरपालिकाले फोहर विसर्जन गर्दै आएको वडा नं ३ स्थित भतेरीमा गतवर्ष मादी नदीले कटान गरिदिएपछि चारकुनेका रामदेव पन्थको जग्गा भाडामा लिएर त्यहाँ नकुहिने फोहर विसर्जन गर्न थालिएको थियो । कुहिने फोहरलाई भने वडा नं १० मै मल उत्पादनका लागि प्रयोगमा ल्याउने गरिएको छ । 
“अस्थायी रुपमा निर्माण गरिएको ल्याण्डफिल्ड साइट भरिएपछि अहिले फोहर उठाउन कठिन भएको छ,” नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले भन्नुभयो, “ठाउँ खोजेर फोहर उठाउने प्रयास गर्दैछौ ।” उहाँका अनुसार वडा नं १३ मा फोहर विसर्जनका लागि ठाउँ हेर्नाका साथै स्थानीयबासीसँग छलफल पनि भइरहेको छ  । 

वडा नं १ को भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नजिकै बुल्दीखोलाको आसपासमा पनि फोहर विसर्जनका लागि नगरप्रमुखले ठाउँ हेर्नुभएको प्रशासकीय अधिकृत सिग्देलले बताउनुभयो । नगरपालिकाको बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुँदै आएको छ । 

सिद्धगुफाको पूर्वाधार निर्माणमा सहयोग गरिने

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले दक्षिण एशियाकै दोस्रो ठूलो भनिएकोे सिद्धगुफा अवलोकन गर्नुभएको छ । सोमबार अवलोकन गर्नुभएका उहाँले बन्दिपुर गाउँपालिका–४ बिमलनगर नजिकैको गुफा अत्यन्तै आकर्षक, ऐतिहासिक, कलात्मक र सडक पहुँचबाट नजिक रहे पनि प्रचारप्रसारको कमीले ओझेलमा परेको बताउनुभयो । मन्त्री कँडेलले गुफा नजिकै रहेको भगवान् शिवको मूर्ति स्थापना गर्न प्रदेशबाट सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो ।     
पृथ्वी राजमार्गको डुम्रेबाट दुई किलोमिटर पूर्व र समुद्री सतहबाट ६०० मिटरमाथि रहेको गुफा  विसं २०४४ चैत १३ मा स्थानीयवासीले पत्ता लगाएका थिए ।  गुफा करिव तीन हजार ५०० वर्ष पुरानो मानिएको छ ।
यसैगरी बिमलनगरस्थित रक क्लाइम्बिङ पनि  अवलोकन गर्नुभएका उहाँले साहसिक खेलबाट पनि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने बताउनुभयो । रासस