२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरीका पूर्व एसएसपीसहित सात सय जना एमालेमा प्रवेश



अ+ अ-

दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले १४ महिनामा देश बर्बाद पारेको बताएका छन् ।

झापाको दमकमा आइतबार बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अब कसैले पनि गठबन्धनको जालझेलमा अलमलिने अवस्था नभएको बताए ।

कार्यक्रममा सशस्त्र प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्कीसहित विभिन्न पार्टीबाट सातसय भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।

नेकपा (एमाले)ले अघि बढाएका सबै विकास निर्माणका काममा अहिले रोकावट आएको र गठबन्धन सरकारले देशलाई निरन्तर ओरालोतिर लगेको भन्दै अध्यक्ष ओलीले २१ औँ शताब्दीका जनताले मुलुकको विकास कुन पार्टीले गर्नसक्छ भनेर बुझ्न आवश्यक रहेको बताए ।

उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेको बहुमतको सरकार निर्माण आवश्यक रहेकोमा जोड दिए ।

अध्यक्ष ओलीले भने– ‘नेकपा एमाले विजयी हुनु भनेको हामीले शुरू गरेको विकास र समृद्धि यात्राको विजय हो । एमाले पराजित हुनु भनेको यो अभियान पराजित हुनु हो ।’

नेपालमा ३० औँ बर्षसम्म नबनेका सडक, भौतिक पूर्वाधार विकासका काम एमालेको सरकारले तीनबर्षको कार्यकालमा भएको, हजारौँ पुल बनेका, तुइनका ठाउँमा पुल बनाई तुइनमुक्त युगमा प्रवेश गरेको उनले बताए ।

अध्यक्ष ओलीले देशमा भएको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई अत्याधुनिक बनाउनुका साथै क्षमता बृद्धि गरिएको, राष्ट्रिय र क्षेत्रीय स्तरका विमास्थलको स्तरउन्नति गरिएको बताए ।

कार्यक्रममा भर्खरै मात्र एमालेमा प्रवेश गरेका नेपाल प्रहरीका पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले अबको मुलुक हाक्ने क्षमता एमाले र यसका अध्यक्ष केपी ओलीमा मात्र भएको धारणा राखे ।