काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश विनाशर्त फिर्ता लिनुपर्ने बताएका छन् ।
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि प्रतिक्रिया जनाउँदै उनले राजनीतिक दलको विभाजनलाई सजिलो हुने गरी अध्यादेश जारीगर्नु मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने सुनियोजित षडेयन्त्र भएको बताएका छन् ।
उनले भनेका छन्, 'यो कदम हिजो पनि गलत थियो, आज पनि गलत छ र भोली पनि गलत नै हुनेछ । बिगतको फोहोरी राजनीतिक अभ्यासका दुस्परिणामबाट शिक्षा नलिनु र पुरानै गल्ती दोहोर्याउनु समकालिन नेत्रित्वको घोर असफलता हो ।'