२३ आश्विन २०८१, बुधबार
,
Latest
बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित गौशाला धर्मशालामा काठमाडौं महानगरले राख्यो बोर्ड बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ पार्टी बनाउँछौ, केपी ओली सुध्रिए चुनावमा तालमेल गरौंलाः माधव नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी पुर्नगठन गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभएको छ । 

मंगलबार आफु पक्षिय जनवर्गिय संगठनहरुको कार्यक्रमलाई जुममार्फत् सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकताको ढोका बन्द गरेर पार्टी विभाजन गर्न खोजेको भन्दै पार्टीलाई पुर्नगठन गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभएको हो । ओलीले आफुहरुलाई लगाएको आरोपहरु फिर्ता लिने र आत्मआलोचना गर्ने कुनै स्प्रिट नदेखाएको उल्लेख गर्दै उहाँले ओलीले पार्टी विभाजन गर्न चाहेपनि आफुहरुलाई दोष दिइएको बताउनुभयो । उहाँले पुर्नगठित पार्टीले राष्ट्रियता, लोकतन्त्र, सामाजिक परिवर्तन र समाजवादको झण्डा बोक्ने पनि बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘उहाँ पार्टी विभाजन गर्न उद्यत्त हुनुहुन्छ । विभाजन उहाँले गर्ने अनि दोष हामीलाई दिने । हामी एकताको निम्ति अन्तिम समय प्रयत्न गर्ने तर उहाँले आफ्नो तर्फबाट ढोका बन्द भएको घोषणा गर्ने यो स्थितिबाट उहाँ गुज्रिएको हुनाले अब यो पार्टीलाई हामी एउटा अन्तिम अवस्थामा पार्टीलाई पुर्नगठन गर्नुपर्ने अवस्थामा पुगेका छौँ । यो पार्टीलाई पुर्नगठन गरिने छ । क्रान्तिकारी पार्टीमा रुपान्तरण गरिनेछ । आन्दोलनको झण्डा बुलन्द गरिनेछ । र सामाजिक परिवर्तनको, समाजवादको झण्डा बुलन्द गरिनेछ । र नेपाली जनताको प्यारो शक्तिको रुपमा नेपाल कम्युनिष्ट पार्टीलाई हामीले अगाडी बढाउनेछौँ ।’

उहाँले आफु लगायतका सांसदहरुलाई कारबाही गरेको तर्फ इंकित गर्दै आफुहरु कारबाहीबाट विचलित नभइ अगाडी बढ्ने पनि बताउनुभयो । वरिष्ठ नेता नेपालले आफुहरुले नयाँ पार्टी खोलेपनि अध्यक्ष ओलीले गल्ती स्वकार गरेर पछाडी हटेमा पार्टी एकताको ढोका खुल्ला रहने बताउनुभयो । आगामी चुनावमा सहकार्य हुनसक्ने समेत उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘कारबाहीबाट विचलित हुने छैनौँ । हामी अगाडी बढ्नेछौँ । एकताको निम्ति हाम्रो ढोका सधैैँभरी खुल्ला छ । आज फेरी एउटा नयाँ पार्टी हामीले खोलिहाल्यौँ भनेपनि, पार्टी पुर्नगठनको नयाँ झण्डा बुलन्द गरिहाल्यौँ भनेपनि फेरी केपी ओलीले सबै गल्ती स्वीकार गरेर पछाडी हट्नुहुन्छ भने फेरी एकताको ढोका खुल्ला हुनेछ । अहिले हुनेछ । भोली हुनेछ ।’

वरिष्ठ नेता नेपालले आफुहरु अहिले सबै पार्टीहरुसँग सहकार्य गर्ने भएपनि कसैसँग पार्टी एकता हुने सम्भावना नरहेको स्पष्ट पार्नुभयो । उहाँले अन्य वामपन्थी शक्तिहरुलाई पनि एकतावद्ध बनाउने बताउनुभयो ।