९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओलीसँग निर्णायक वार्ताको लागि बालकोट पुगे घनश्याम भुषाल



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का नेता घनश्याम भुषाल पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न उनको निवास बालकोट पुगेका छन् ।  

एकताको लागि भेटवार्ता गर्न गएका भुषाल वरिष्ठ नेता माधव कुमार नेपालसँगको सल्लाहमै ओलीलाई भेट्न गएको बताएका छन् । 

भुषालले एकताको लागि अध्यक्ष ओलीले अहिलेसम्म गरेका सबै निर्णय खारेज गर्नुपर्ने शर्त राखेको पनि सुनाए ।

सरकारले आजै दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि नेकपा (एमाले) मा तरंग पैदा भएको छ । एमालेको संसदीय दलको बैठकले नेपालसहित १४ जना सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ ।