काठमाडौ । नेकपा एमालेका नेता अग्नि खरेलले राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे दलहरु संग छलफल गर्नुपर्ने बताउनु भएको छ । हिजो केपी ओली नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्दा राष्ट्रपतिले दलहरु संग सल्लाह नगरेको भन्दै आलोचना गर्नेहरु को अब के गर्नुहुन्छ भन्दै खरेलले भन्नुभयो यहि अबस्थामा राष्ट्रपतिले अध्यादेश स्विकृत गर्न मिल्दैन । ‘
दल नै विभाजन गर्ने जस्तो काम यस अघि हुँदा खेरी त राष्ट्रपतिमाथि प्रश्न उठाइएको भन्दै खरेलले भन्नुभयो अब उहाँले राजनीतिक दलहरुसँग बसेर छलफल गरेर मात्रै निष्कर्षमा पुग्नु आवश्यक हुन्छ ।’