२३ आश्विन २०८१, बुधबार
,
Latest
बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग बडादशैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा सञ्चालन रहेनन् वरिष्ठ गीतकार विश्व बल्लभ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गलतलाई गलत भन्न सक्नुपर्छ, देउवाले अध्यादेश फिर्ता लिनुपर्छ : बाबुराम भट्टराई



अ+ अ-

पोखरा । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश  फिर्ता लिनुपर्ने बताएका छन् । डा. भट्टराइले देउवाले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश केपी शर्मा ओली प्रवृत्तिकै पुनरावृत्ति भएको बताएका हुन् । 

‘देउवाजीले अध्यादेश फिर्ता गर्नुपर्छ । गलतलाई गलत भन्न सक्नुपर्छ,’ डा. भट्टराईले भने, ‘जुनसुकै व्यक्तिले ल्याए पनि पार्टी विभाजन अध्यादेश हिजो पनि गलत थियो, आज पनि गलत नै हो ।’

देशमा अध्यादेशबाट राज चलाउन खोज्नु आफैंमा गलत भएको भट्टराईको भनाइ थियो । ‘ओली, देउवा र मैले नै यो काम गरे पनि गलत हो । लोकतन्त्र बचाउन लडेका हौं, यसैको उपहास हुन दिन्नौं,’ डा. भट्टराईले भने, ‘कसैलाई क्षणिक फाइदा पनि पुग्दा तर दीर्घकालीन रुपमा घातक नै हुने छ ।’

प्रधानमन्त्री देउवाले ल्याएको अध्यादेशले गठबन्धन कायमै रहने भए पनि आफ्नो विरोध रहने भट्टराईले बताए ।