११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक

भविष्यको प्रधानमन्त्री ओली की देउवाः महासचिव पोखरेल

भविष्यको प्रधानमन्त्री ओली की देउवाः महासचिव पोखरेल
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनसँग चुनावमा जाने नेतृत्व नभएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघको प्रचार भेलालाई सम्बोधन गर्दै उहाँले गठबन्धनको कुनै लक्ष्य, उद्देश्य, गन्तव्य र चुनावमा जाने नेतृत्व नभएको टिप्पणी गर्नुभएको हो । उहाँले गठबन्धनले भविष्यको प्रधानमन्त्री को हो भनेर समेत भन्न नसक्ने दाबी गर्नुभयो । उहाँले नेपाल लोकतन्त्रमा प्रवेश गरिसकेको भन्दै अब धेरै राजनीतिक दलहरुको आवश्यक्ता नरहेको जिकिर गर्नुभयो ।

उहाँले जति धेरै राजनीतिक दलहरु भए त्यति नै धेरै नीतिगत विचलन, राजनीतिक अस्थिरता, स्वार्थहरुको सम्झौता हुने उल्लेख गर्दै नेकपा एमाले मुलुकलाई त्यसबाट मुक्त गर्न मुलुकलाई राजनीतिक ध्रुवीकरणको दिशाबाट अघि बढाएर बलियो राष्ट्रिय शक्ति बनाउनेतर्फ लागेको बताउनु भयो । महासचिव पोखरेलले ध्रुवीकरणलाई रोक्न र राष्ट्रिय शक्ति निर्माणको यात्रालाई रोक्नको लागि ५ दलीय गठबन्धन अघि बढीरहेको आरोप लगाउनु भयो । उहाँले ५ दलीय गठबन्धनको भविष्यको प्रधानमन्त्री को हो ? घोषणा गर्नका लागि आह्वान गर्नुभयो । उहाँले ५ दलीय गठबन्धन आफ्नो उद्देश्य प्रश्तुत गर्ने सामाथ्र्य नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धनको कुनै लक्ष्य, उद्देश्य, गन्तव्य छैन, गठबन्धनसँग चुनावमा जाने नेतृत्व पनि छैन । भविष्यको प्रधानमन्त्री को हो ? भन्न सक्दैन ५ दलीय गठबन्धन । अब नेपाल, लोकतन्त्र, गणतन्त्रको युगमा प्रवेश गरेका बेलामा अब धेरै राजनीतिक दलहरुको आवश्यक्ता छैन । जति धेरै राजनीतिक दलहरु, त्यति धेरै नीतिगत विचलन, जति धेरै राजनीतिक दलहरु त्यति धेरै राजनीतिक अस्थिरता, स्वार्थहरुको सम्झौता, त्यसबाट मुलुकलाई मुक्त गर्नको लागि अब राजनीतिक ध्रुवीकरण जरुरी छ । मुलुकलाई यो ध्रुवीकरणको दिशाबाट अघि बढाएर एउटा बलियो राष्ट्रिय शक्तिको रुपमा नेकपा एमालेलाई स्थापित गर्ने अभियानका रुपमा आउँदै गरेको निर्वाचन २०७९ हो । जुन निर्वाचनका माध्यमबाट मंसिर ४ गते नयाँ युग तर्फको आरम्भ गर्दैछौँ ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा त्यो अभियानमा अब युवाहरु अघि बढ्न जरुरी छ । आजको ध्रुवीकरणलाई रोक्नका लागि, राष्ट्रिय शक्ति निर्माणको यात्रालाई रोक्नको लागि ५ दलीय गठबन्धन अघि बढीरहेको छ । म गठबन्धनका नेताहरुलाई भन्न चाहन्छु, नेकपा एमाले मुलुकको भविष्यको नेतृत्व गर्नको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावि प्रधानमन्त्रीको रुपमा जनताका बीचमा लिएर जाँदैछ । ५ दलीय गठबन्धनको भविष्यको प्रधानमन्त्री को हो ? घोषणा गर्नका लागि म आह्वान गर्न चाहन्छु । ५ दलीय गठबन्धन आफ्नो उद्देश्य प्रश्तुत गर्ने सामाथ्र्य आउँदैन । न नेता दिनसक्छ, न नीति दिनसक्छ । तिनीहरुको माध्यमबाट देशको भविष्य बन्न सक्दैन ।’

महासचिव पोखरेलले अब मुलुकलाई नयाँ बाटोमा लैजानुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले नेकपा एमालेको बिरुद्धमा चौतर्फी घेराबन्दी भइरहेको भन्दै गठबन्धनले गरेको घेराबन्दी जनताको जीवनमा परिवर्तन ल्याउनका लागि नभएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अब मुलुकलाई नयाँ बाटोमा लैजानुपर्ने आवश्यक्ता छ । त्यो पार्टी भनेको विकास र समृद्धिको बाटो हो, त्यसको नायकका रुपमा हाम्रो पार्टी अध्यक्ष केपी शर्मा होली हो । हाम्रो पार्टीका बिरुद्ध र पार्टी नेतृत्वकोबिरुद्ध चौतर्फी घेराबन्दी भएको छ । यो घेराबन्दी देश बनाउनका लागि होइन, यो घेराबन्दी जनताको जीवनमा परिवर्तन ल्याउनका लागि होइन, यो घेराबन्दी नेपाली युवाहरुको भविष्यलाई उज्यालो बनाउनका लागि होइन, यो घेराबन्दी जनताबाट तिरस्कृत भएका नेताहरुको राजनीतिक भविष्यको सुरक्षाका लागि गरिएको घेराबन्दी हो भन्नेकुरा बुझ्नु जरुरी छ । यो वैदेशिक शक्तिकेन्द्रको स्वार्थका लागि गरिएको घेराबन्दी हो । जनताको विकास र समृद्धिको आकंक्षालाई रोक्ने प्रयासका रुपमा यसलाई बुझ्न जरुरी छ । नेपाली जनताको स्वाधिनता, स्वाभिमान र राष्ट्रिय हितको आकंक्षाकाबिरुद्धमा छ ।’

महासचिव पोखरेलले देश केपी ओलीको नेतृत्वमा अघि बढ्ने हो वा शेरबहादुर देउवाको नेतृत्वमा अघि बढ्छ भन्नेकुरा आगामी मंसिर ४ गते जनमतसंग्रह हुने बताउनु भयो । महासचिव पोखरेलले नेपाली काँग्रेसलाई देशको यथास्थितिको प्रतिनिधिमुलक पात्र भएको आरोप लगाउनु भयो । उहाँले नेपाली काँग्रेसको नेतृत्वमा परिवर्तन र समृद्धिको अपेक्षा गर्न नसकिने बताउनु भयो ।