२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहिले हुन्छ कक्षा १२ को परीक्षा ?



अ+ अ-

काठमाडौं । कोररोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्र कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गरिने भएको छ। कक्षा १२ को परीक्षामा सहभागी हुने अधिकांश विद्यार्थीले खोप लगाउन पाउने अवस्था देखिएको छ। सोही कारण खोप लगाएरपछि मात्र परीक्षा सञ्चालन गर्ने आन्तरिक तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ। 

बोर्डका परीक्षा  नियन्त्रक कृष्णप्रसाद शर्माले  तीन  लाख ७४ हजार जना विद्यार्थी  परीक्षामा सहभागी हुने जानकारी दिँदै त्यसमध्ये   ८४५   जना   विद्यार्थी मात्र  खोप  लगाउन  बाँकी  रहने देखिएको  बताए । अन्य सबै विद्यार्थी १८ वर्ष पूरा भइसकेका छन् र उनीहरूले खोप लगाउन पाउने छन्। बोर्डका    अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले स्वास्थ्य तथा जनसङ्ख्या  राज्यमन्त्री र स्वास्थ्य सचिवलाई यसका लागि अनुरोध गरिएको  तथा  सकारात्मक जवाफ प्राप्त भएको  जानकारी  दिए ।

कक्षा  १२  को  परीक्षामा  सहभागी हुने  विद्यार्थीलाई  आगामी  साता जापानबाट आउने खोप उपलब्ध गराउने सम्भावना छ। देशभर खोप अभियान सञ्चालन गरिने भएकाले तीन÷चार दिनको हाराहारीमा विद्यार्थीले खोप लगाइसक्ने अवस्था छ। 

सरकारले कक्षा १२ को विद्यार्थीलाई  खोप  लगाउने  सूचना जारी गरेको एक÷दुई दिनभित्रै स्थगित परीक्षाको नयाँ कार्यतालिका सार्वजनिक गर्ने बोर्डको तयारी छ। विद्यार्थीले खोप लगाउन थालेपछि १५ दिनको सूचना दिएर कार्यतालिका सार्वजनिक गरी स्थगित परीक्षा सञ्चालन गरिने जनाइएको छ। गोरखापत्रमा खबर छ ।