२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई महिनाभित्र अनिवार्यरुपमा मोबाइल दर्ता गर्नुपर्ने



अ+ अ-

काठमाडौं । आगामी दुई महिनाभित्र मोबाइल प्रयोगकर्ताले अनिवार्य रूपमा आफ्नो मोबाइलको आईएमईआई दर्ता गर्नुपर्ने भएको छ। 

अवैध मोबाइल नियन्त्रणका लागि सरकारले कार्यान्वयनमा ल्याउने तयारी गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को प्रयोगलाई व्यवस्थित गर्न मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिर कुमार ढुङ्गानाको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

नेपाल दूरसञ्चार प्राधिकरण, भन्सार विभाग र मोबाइल आयातकर्ता सङ्घका प्रतिनिधिसमेत रहेको उक्त बैठकले दुई महिनाभित्र मोबाइल दर्ता गराउन प्रयोगकर्तालाई एसएमएस पठाउने निर्णय पनि गरेको छ। 

तोकिएको समयसीमाभित्र मोबाइल दर्ता नभए त्यस्तो मोबाइलमा सिमकार्ड प्रयोग गर्न नमिल्ने बनाइने भएको छ। बैठकले आयातित मोबाइलको तथ्याङ्क राख्नका लागि भदौ १५ गतेभित्र एमडीएमएसको सर्भर राख्ने निर्णय पनि गरेको छ।

त्यस्तै मोबाइल सेवाको आयात अनुमतिका लागि प्राधिकरणलाई एक महिनाभित्र भन्सार विभागको नेपाल नेसनल सिङ्गल विन्डोमा आबद्ध गराउने निर्णय पनि बैठकले गरेको छ। अवैध रूपमा भित्रिने मोबाइलका कारण राजस्व चुहावट भएको र सुरक्षा चुनौती बढेको भन्दै प्राधिकरणअन्तर्गत एमडीएमएस सञ्चालनमा ल्याउने तयारी गरिएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।