२३ आश्विन २०८१, बुधबार
,
Latest
बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग बडादशैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा सञ्चालन रहेनन् वरिष्ठ गीतकार विश्व बल्लभ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिनहु अनार खादा हुन्छ यस्तो फाइदा



अ+ अ-

काठमाडौं । अनार खान मीठो हुन्छ र स्वास्थ्यलाई पनि यसले खुबै फाइदा गर्छ । दिनदिनै अनार दानाहरू खानुभएमा स्वास्थ्यसम्बन्धी समस्याहरू भाग्छन् ।

पाचन क्रिया : अनारमा फाइबर भरपूर हुन्छ । यसले पाचन क्रिया ठीक पार्छ र पेटसम्बन्धी समस्या हटाउँछ ।

क्यान्सर : अनारमा भएका गुणले स्तन, प्रोस्टेट र फोक्सोको क्यान्सरबाट बच्न सकिन्छ ।

कोलेस्ट्रोल : अनारमा भिटामिन सी र एन्टीअक्सिडेन्ट तत्त्व विद्यमान हुन्छन् । यिनले रोगप्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछन् र कोलेस्ट्रोल स्तरलाई नियन्त्रित गर्छन् ।

रक्तचाप : दिनदिनै अनार खाँदा उच्च रक्तचाप हुन पाउँदैन र रगतको कमी पनि पूरा हुन्छ । तर मधुमेह रोगी हुनुहुन्छ भने अनार नखानुस् ।

हृदयघात : अनार खाँदा शरीरमा रक्तप्रवाह सही तरिकाले हुन्छ । यसो भएमा हृदयघातको खतरा टर्छ ।

तनाव : मूड खराब हुँदा अनारको सेवनले फाइदा गर्छ । तनाव छ भने अनार खानुस् ।

दिमाग : अनार खाँदा दिमाग तीखो हुन्छ र अल्झाइमर्स जस्तो रोगको जोखिम टर्छ ।