२३ आश्विन २०८१, बुधबार
,
Latest
बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग बडादशैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा सञ्चालन रहेनन् वरिष्ठ गीतकार विश्व बल्लभ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहिलेकाहिँ किन फर्फराउँछ आँखा, यस्तो छ कारण



अ+ अ-

काठमाडौं । कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ ।

तर यो अन्धविश्वास मात्र हो । आँखा वरिपरिका मांशपेशीहरू संकुचित हुँदा आँखा फर्फराउँछ । यसका केही कारणबारे जानिराखौं स्

१. थकान र तनावका कारण आँखा फर्फराउँछ । तनाव कम गर्न सक्नुभयो भने आँखा फर्फराउन बन्द हुन्छ । राम्ररी निद्रा पुगेको छैन भने पनि आँखा फर्फराउँछ ।

२. धेरै मापसे गर्दा पनि आँखा फर्फराउँछ ।

३. धमिलो बत्तीमा काम गर्दा अनि कम्प्युटरमा लामो समय काम गर्दा पनि आँखा फर्फराउँछ । कसरी रोक्ने त रु टन्न पानी पिउनुहोस् । पूरा आराम हुनेगरी धेरैभन्दा धेरै सुत्नुहोस् । अनि आँखाको मसाज गर्नुहोस् । आँखीभौंलाई ३० सेकेन्डसम्म झिम्क्याउनुहोस् । एक हप्ताभन्दा बढी समयसम्म पनि आँखा फर्फराइरह्यो भने चाहिँ चिकित्सकलाई भेट्न जानुपर्छ ।