२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको केन्द्रीय समिति बैठक बस्दै, सरकारमा सहभागिताबारे छलफल हुने



अ+ अ-

काठमाडौं । मंगलबारबाट सुरु भएको जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । 

काठमाडौंको डिल्लीबजारमा सुरु भएको बैठकमा मंगलबार अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक अवस्थाका विषयमा प्रतिवेदन पेश गरेका गर्दै पार्टी संगठनात्मक सुदृढीकरण र जनजागरणका लागि चार महिने अभियानका विषयमा प्रस्ताव गरिएको छ।

प्रदेश पहिचानमा आधारित राष्ट्रिय समितिहरु र विशेष प्रदेश तथा जनवर्गीय भ्रात संगठनहरुको इन्चार्ज प्रतिनिधिहरुबाट विचार व्यक्त भएको छ। 

आजको बैठकमा चारवटा विषयमा छलफल गर्दै बैठक आज समापन हुने जसपाले जनाएको छ।