२३ आश्विन २०८१, बुधबार
,
Latest
बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै सरकारलाई निर्माण व्यवसायीहरुको चेतावनी: बक्यौता भुक्तानी नभए कडा आन्दोलनमा जान्छौं वास्तु अनुसार घरको छतमा लगाउनुस् यी चिजहरु चंगा देखियो, वर्षा गयो (फोटो फिचर) प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग बडादशैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा सञ्चालन रहेनन् वरिष्ठ गीतकार विश्व बल्लभ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमाले विभाजनको अन्तिम संघारमा !



अ+ अ-

काठमाडौं । नेकपा एमाले विभाजनको अन्तिम चरणमा पुगेको छ । राष्ट्रपतिबाट आज अध्यादेश जारी भए नयाँ दल दर्ताका लागि नेपाल समुहका नेताहरू आजै आयोग जाने तयारी गरेका हुन् । 

नेपाल समुहका नेता मेटमणि चौधरीका अनुसार निर्वाचन आयोगमा कायम २०३ सदस्यीय केन्द्रीय कमिटीमध्येबाट करिब ६० जना सदस्यको हस्ताक्षर संकलन गरिसकिएको छ । 

दल दर्ताका लागि आवश्यक पर्ने कागजात तयार गर्ने जिम्मा स्थायी कमिटी सदस्य बेदुराम भुसाल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डे, विजय पौडेल लगायतलाई दिइएको बुझिएको छ ।

नेपाल समूहले यसअघि नै सबै जिल्लामा जिल्ला कमिटी, जनवर्गीय संगठनमा समानान्तर कमिटी बनाएको छ ।

यसअघि जिल्ला कमिटीमा नेपाल पक्षका ४० अध्यक्ष थिए । तर पछि केही नेता घटेर करिब ३५ मात्रै रहेको नेताहरूको भनाइ छ ।  

विवाद व्यवस्थापनका लागि भएका प्रयास असफल भएको भन्दै नेपाल समूहले अलग्गै पार्टी घोषणाको गृहकार्यमा जुटेको हो । 

पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी), नेपाल कम्युनिस्ट पार्टी एमाले (क्रान्तिकारी) वा नेपाल कम्युनिस्ट पार्टी समाजवादी नाम राख्ने प्रस्ताव आएको चौधरीले बताउनुभयो । चुनाव चिह्न ताराभित्र हँसिया हथौडा, कलश, दियो, पुस्तकमध्ये एउटा हुनसक्ने बताइएको छ ।