२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिन तयार



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रलाई पार्टीको वरिष्ठ उपाध्यक्ष पद दिन तयार भएको छ ।

राप्रपाको बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मिश्रसँग भएको छलफलबारे जानकारी गराउँदै मिश्रलाई वरिष्ठ उपाध्यक्ष पद दिएर भए पनि पार्टीमा ल्याउनुपर्ने प्रस्ताव गर्नुभएको बताइएको छ ।

राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङले मिश्रलाई पार्टीमा वरिष्ठ उपाध्यक्ष पद दिन आफू बाधक नभएको तर बाहिर आफू बाधक भएको भनेर गरिएको प्रचारप्रति असन्तुष्टि जनाउनुभएको थियो ।

उपाध्यक्षत्रय तामाङ, धु्रवबहादुर प्रधान र रोशन कार्कीले पार्टीमा २०÷३० वर्षदेखि काम गर्दै आएका नेता तथा कार्यकर्ताको मानमर्दन गर्न नहुने बताउनुभयो ।

यद्यपि सल्लाहकार परिषद्का अध्यक्ष निरञ्जन थापाले भने निर्वाचित उपाध्यक्षहरुभन्दा तल रहने गरी मिश्रलाई पार्टीमा ल्याउन सुझाव दिनुभएको थियो । पार्टीमा अहिले निर्वाचित उपाध्यक्षमा तामाङ, विक्रम पाण्डे, प्रधान र कार्की रहनुभएको छ ।

पार्टी अध्यक्ष लिङ्देनसँग पार्टी अध्यक्षपछिको पहिलो वरियता पाउनुपर्ने मिश्रले माग गरेको बताइएको छ । मिश्र पार्टीमा आउने पक्का भएको अवस्थामा सबैको सम्मान हुनेगरी वरियता मिलाउन पार्टी अध्यक्षलाई जिम्मेबारी दिइएको बताइएको छ ।