९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोहोर उठ्न नसक्दा दुर्गन्धित बन्दै काठमाडौं



अ+ अ-

काठमाडौं । काठमाडौंमा केही दिनदेखि फोहोर व्यवस्थापन हुन नसक्दा शहर दुर्गन्धित बनेको छ । 

काठमाडौं महानगरपालिकाले फोहोरको व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न स्थानहरुमा फोहोर थुप्रिन थालेका छन् । 

सडकका किनारामा मात्रै नभएर घरभित्रको फोहोर उठाउने सफाइ कर्मचारीहरु आउन छाडेपछि घर–घरमा दुर्गन्ध फैलिएको छ ।

काठमाडौंका फोहोर फाल्ने बञ्चरेडाँडा डाँडामा बाटो बिग्रिएका कारण केही दिनदेखि फोहोर उठाउन नसकिएको महानगरपालिकाले जनाएको छ ।