२३ आश्विन २०८१, बुधबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग बडादशैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा सञ्चालन रहेनन् वरिष्ठ गीतकार विश्व बल्लभ रावणको संगतमा कुम्भकर्णको बुद्धि भ्रष्ट भयो… अधिकार सम्पन्न संरचना बनाउँदा मात्रै विपद्पछिको पुन:निर्माण सहज रुपमा गर्नसक्छौं: पूर्वाधारविज्ञ ज्ञवाली जब आलियाले ६ घण्टासम्म पिसाब रोकेर राखिन्… पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधसहित पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

लहान । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले गोलबजार नगरपालिका–३ गागन पुलबाट दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिरहाको बरियारपट्टि गाउँपालिका–३ का २२ वर्षीय प्रमोदकुमार यादव र सुखीपुर नगरपालिका–१० का २८ वर्षीय धनजीत यादव रहेका छन् ।  

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले उनीहरुको साथबाट लागुऔषध नाइट्रोभेट ट्याबलेट ९०० पिस, अनटेष्ट पल्सर मोटरसाइकल एक थान, मोबाइल दुई थान र रु तीन हजार ३४६ समेत बरामद गरेको जनाएको छ ।

ब्राउनसुगरसहित छ पक्राउ

बनियानी– झापाको बिर्तामोड नगरपालिकाको विभिन्न स्थानबाट लागुऔषध ब्राउनसुगरसहित छ जना पक्राउ परेका छन् । 

बिर्तामोड–१ स्थित चारपानेबाट दुई युवती, बिर्तामोड–५ जात्रुबाडीबाट दुई युवा र बिर्तामोड–५ नयाँबसपार्कस्थित मिलनचोकबाट दुई युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले मङ्गलबार बेलुका ५ बजे बिर्तामोड–१ स्थित चारपानेबाट सोही स्थानकी देवी तामाङ र बिर्तामोड–५ की २१ वर्षीया सीता खतिवडालाई चार ग्राम ४५ मिलीग्राम ब्राउनसुगर, नगद, ब्राउनसुगर नाप्ने डिजिटल तराजु र दुई थान मोबाइलसहित पक्राउ गरेको उहाँले बताउनुभयो ।
 
उहाँका अनुसार मङ्गलबार बेलुका ४ बजे बिर्तामोड–५ स्थित जात्रुबारीबाट सोही स्थानका २० वर्षीय रतन राजवंशी र २४ वर्षीय सुरज चौधरीलाई तीन ग्राम ३० मिलीग्राम ब्राउनसुगर र नगदसहित पक्राउ गरेको छ भने बिर्तामोड–५ नयाँ बसपार्कस्थित मिलनचोकबाट अर्जुनधारा–५ का २७ वर्षीय मनोज चौधरी र बिर्तामोड–५ का २३ वर्षीय सुमन तामाङलाई २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको थियो । 

लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र अस्थायी प्रहरी चौकी नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले ब्राउनसुगर र उनीहरुले प्रयोग गरेको मे२प ८६८६ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका छ जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।