२३ आश्विन २०८१, बुधबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग बडादशैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा सञ्चालन रहेनन् वरिष्ठ गीतकार विश्व बल्लभ रावणको संगतमा कुम्भकर्णको बुद्धि भ्रष्ट भयो… अधिकार सम्पन्न संरचना बनाउँदा मात्रै विपद्पछिको पुन:निर्माण सहज रुपमा गर्नसक्छौं: पूर्वाधारविज्ञ ज्ञवाली जब आलियाले ६ घण्टासम्म पिसाब रोकेर राखिन्… पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल समूह नयाँ पार्टीको नाम नेकपा एमाले समाजवादी !



अ+ अ-

काठमाडौं । पाँच महिना लामो एकता प्रयास विफल भएपछि अन्ततः एमाले औपचारिक रूपमा विभाजनको संघारमा पुगेको छ ।

नेपाल समूहले सरकारले पठाएको दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएलगत्तै नयाँ दल दर्ता गर्ने   तयारी गरेको छ ।

नेपालसहित १४ सांसदलाई कारबाही गरेपछि नेपाल समूहलाई विभाजनलाई थप सहजीकरण भएको छ ।  

नेपाल समूहका नेताहरुका अनुसार नयाँ दलको नाम नेकपा एमाले समाजवादी राख्ने तयारी छ ।

नेपाल समूहका एक नेताले ५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको र आज थप केही साथीहरु पनि आउने जिकिर गर्दै अध्यादेश आएपछि दल दर्ता गर्ने बताएका छन् । 

स्थायी कमिटीका एक नेताले दिएको जानकारी अनुसार दर्ताका लागि आवश्यक पर्ने कागजात (हस्ताक्षर, नागरिकता, विधान, नियमावलीलगायत) तयार गर्ने जिम्मा स्थायी कमिटी सदस्य वेदुराम भुसाल, केन्द्रीय सदस्य राजेन्द्र पाण्डे, विजय पौडेल, प्रमेश हमाललगायतलाई दिइएको छ ।

२० प्रतिशत सदस्यले पार्टी विभाजन गर्न सक्ने गरी कानुन जारी भएमा ४१ सदस्यको संख्या पर्याप्त हुनेछ । त्यस्तै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका २२ सांसद नयाँ पार्टीको पक्षमा रहेको बताइएको छ  । त्यसमा अझै केही थपिने दाबी गर्दै राष्ट्रिय सभामा आफ्ना ९ सांसद रहेको सो समूहको दाबी छ ।

नयाँ दलको अध्यक्षमा माधवकुमार नेपाल रहनेछन् भने अरु पदाधिकारीबारे छलफल भइसकेको छैन । 

स्रोतका अनुसार नेता नेपालले घनश्याम भुसाललाई नयाँ पार्टीको महासचिव बन्न प्रस्ताव गरेका छन् । तर भुसाल भने एकताको प्रयासमा रहेका छन् । 

नेपाल समूहले यसअघि नै सबै जिल्लामा जिल्ला कमिटी, जनवर्गीय संगठनमा समानान्तर कमिटी गठन गरिसकेको छ ।