११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

गैरसरकारी संस्थालाई समुन्नत समाजको निर्माणका लागि जुट्न मन्त्री रेग्मीको आह्वान(भिडियोसहित)

गैरसरकारी संस्थालाई समुन्नत समाजको निर्माणका लागि जुट्न मन्त्री रेग्मीको आह्वान(भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समुन्नत समाजको निर्माणमा जुट्न सबै गैरसरकारी संस्थाहरुसँग आह्वान गर्नुभएको छ ।

बिहीवार काठमाडौं समाज कल्याण परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा आायोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गरिब, विपन्न, समुदायको सामाजिक र आर्थिक रुपान्तरण गर्दै समुन्नत समाजको निर्माण गर्न सबै गैरसरकारी संस्था जुट्नुपर्ने बेला आएको बताउनुभएको हो ।

उहाँले सामाजिक संघ, संस्थाको कामलाई सहजीकरण गर्दै परियोजनको लक्षित उद्देश्य प्राप्ति गर्ने कार्यमा स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रभावकारी, पारदर्शी र जवाफदेही हुन आवश्यक रहेको पनि बताउनु भयो । मन्त्री रेग्मीले परिषद्मा आवद्ध रहेका ५४ हजार गैरसरकारी संस्था तथा २ सय हाराहारीमा रहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका काम कारबाहीलाई परिषद्ले अत्यन्त सुक्ष्म रुपमा अध्ययन गरिरहेको बताउनु भयो ।

उहाँले गैर सरकारी संस्थाका कामकारबाहीलाई पारदर्शी, वैज्ञानिक किसिमले अघि बढाउन परिषद् लागिपरेको बताउनु भयो । उहाँले सामाजिक संघ, संस्थाले प्राप्त गरेको सहयोग, दूरदराजका ग्रामिण विपन्न व्यक्ति, समुदाय, लक्षित कार्यक्रमहरु तर्जुमा र कार्यान्वयनमा जोड दिनुपर्ने आजको आवश्यक्ता रहेको स्पष्ट पार्नुभयो ।

मन्त्री रेगमीले परिषद्बाट राष्ट्रिय आवश्यक्ता र प्राथमिकताको क्षेत्रमा एकद्वार नीति अनुरुप परियोजना सञ्चालन गर्नेगरी संघसंस्थालाई प्रोत्साहन गर्ने कार्यको शुरुवात गरिएको पनि बताउनु भयो । परिषद्की अध्यक्षसमेत हनुभएकी मन्त्री रेग्मीले सामाजिक संघ,संस्थाको कामलाई पारदर्शी र परिणाममुखी बनाउन समाज कल्याण परिषद् कटिवद्धसमेत रहेको बताउनु भयो ।

मन्त्री रेग्मीले भन्नुभयो, ‘सामाजिक संघ, संस्थाको कामलाई सहजीकरण गर्दै परियोजनको लक्षित उद्देश्य प्राप्ति गर्ने कार्यमा स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रभावकारी, पारदर्शी र जवाफदेही भइ गरिब, विपन्न, समुदायको सामाजिक, आर्थिक रुपान्तरण गर्दै समुन्नत समाजको निर्माण गर्न सबै गैरसरकारी संस्था जुट्नुपर्ने बेला आएको छ ।’

‘परिषद्मा आवद्ध रहेका ५४ हजार गैरसरकारी संस्था तथा २ सय हाराहारीमा रहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका काम कारबाहीलाई परिषद्ले अत्यन्त सुक्ष्म रुपमा अध्ययन गरिरहेको छ । यसलाई सकेसम्म पारदर्शी, वैज्ञानिक किसिमले अघि बढाउन परिषद् लागि परेको छ । सामाजिक संघ, संस्थाले प्राप्त गरेको सहयोग, दूरदराजका ग्रामिण विपन्न व्यक्ति, समुदाय, लक्षित कार्यक्रमहरु तर्जुमा र कार्यान्वयनमा जोड दिनुपर्ने आजको आवश्यक्ता हो ।’

‘परिषद्बाट राष्ट्रिय आवश्यक्ता र प्राथमिकताको क्षेत्रमा एकद्वार नीति अनुरुप परियोजना सञ्चालन गर्नेगरी संघसंस्थालाई प्रोत्साहन गर्ने कार्यको शुरुवात गरिएको छ । सामाजिक संघ,संस्थाको कामलाई पारदर्शी र परिणाममुखी बनाउन समाज कल्याण परिषद् कटिवद्धसमेत रहेको छ । अहिले अस्तव्यस्त रहेको भृकुटीमण्डपलाई हाम्रो टिमले पारदर्शी बनाउनको निमित्त टेण्डर प्रक्रियाबाट धेरै कामहरु भइरहेको छ । अनुगमन मूल्यांकन अद्यावधिक गर्ने प्रणाली पनि शुरु भइसकेको छ । यो धेरै समयदेखि थाँती रहेको थियो त्यसलाई चलाउन समिति गठन गरेर अघि बढाइएको छ ।’

मन्त्री रेग्मीले अहिले अस्तव्यस्त रहेको भृकुटीमण्डपलाइ आफू नेतृत्वको टिमले पारदर्शी बनाउनको निमित्त टेण्डर प्रक्रियाबाट कामहरु सञ्चालन गरीरहेको बताउनु भयो । उहाँले समिति गठन गरेर अनुगमन मूल्यांकन अद्यावधिक गर्ने प्रणाली पनि शुरु गरेको बताउनु भयो ।