२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति यादव भन्नुहुन्छः ‘राष्ट्रपतिबाट दोस्रो पटक संविधान उलंघन भयो(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय संसदले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उलंघन गरेको आरोप लगाउनु भएको छ ।

राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरी राष्ट्रपति भण्डारीले सो विधेयक प्रमाणिकरण नगरेर संविधानको उलंघन गरेको पूर्वराष्ट्रपति यादवको भनाई थियो ।

बुधबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रतिनिधिसभा विघटन गरेर पहिलो चोटी संविधान उलंघन गर्नु भएकी राष्ट्रपति भण्डारीले विधेयक प्रमाणिकरण नगरेर फेरी संविधान उलंघन गरेको भन्दै आपत्ति जनाउनु भयो । दोस्रो पटक पनि संघीय संसदको दुवै सदनले पारित गरेर पठाएको सो विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणिकरण हुनबाट रोक्न मिल्ने अवस्था नै नरहेको पूर्व राष्ट्रपति यादवले पटकपटक दोहो¥याउनु भयो । उहाँले बेलायत, भारत, अमेरिकालगायतका लोकतान्त्रिक मुलुकहरुको परम्परा र संविधानविद् तथा कानुनविद्हरुसँग परामर्श गरेर सो विधेयकलाई प्रमाणिकरण नगरेको भन्दै राष्ट्रपति भण्डारीप्रति असन्तुष्टि व्यक्त गर्नु भयो ।

‘पूर्वराष्ट्रपति यादवले राष्ट्रपतिले सो विधेयक प्रमाणिकरण नगरेर नेपालको लोकतन्त्रमै कालो बादल मडारिएको उल्लेख गर्दै संविधानलाई बचाउन नेपाली जनतालाई सजग भएर लाग्न पनि आग्रह गर्नु भयो । उहाँले भन्नु भयो, ‘आज गणतान्त्रिक कालमा प्रधानमन्त्रीबाट २/२ चोटी सदन भंग भयो । र, त्यसलाई हटाउन दलीय गठबन्धन, नागरिक समाज, बुद्धिजीवि, यही मिडिया र सम्पूर्ण नेपाली जनताको प्रयासले संविधान ट्रयाकमा ल्याउने काम भएको थियो ।’

‘आज दुई वटै सदनबाट पास भएर विधेयक गएको थियो । त्यसलाई सम्माननीय राष्ट्रपतिजीले त्यो संस्थाको मर्यादा, त्यो संस्थाको गरिमा, त्यो संस्थाको कर्तव्य बुझेर उहाँले काम गर्नुपर्ने थियो । तर, आज उहाँले संविधानको उलंघन फेरी गर्नु भएको छ । संविधान फेरी एकचोटी उलंघन भएको छ । अव त्यसो हुन नदिन नेपाली जनता सजग हुनुपर्दछ । त्यसले गर्दाखेरी म भन्न चाहन्छु । धेरै भन्न चाहन्न कि संविधान फेरी उलंघन भएको छ । २/२ चोटी लोअर हाउस र अपर हाउसबाट पास भएर सम्माननीय राष्ट्रपतिबाट पहिलो चोटी सन्देशसहित फर्काउने काम भयो । तर, दोस्रो चोटी फर्काउन मिल्ने अवस्था नै थिएन ।’

‘उहाँले बेलायतको परम्परा हुर्नुपर्ने, भारतको परम्परा हेर्नुपर्ने, अमेरिकाको परम्परा हेर्नुपर्ने, विद्वान संविधानविद्, कानुनविद्हरुसँग छलफल गर्नुपर्ने र त्यस अनुसार मनन् गरेर त्यो विधेयक प्रमाणिकरण गर्नुपर्ने थियो । तर, आज फेरी नेपालको लोकतन्त्रमा एउटा कालो बादल मडारिएको छ । म सम्पूर्ण नेपाली जनतालाई भन्न चाहन्छु–यो संविधानलाई बचाएर लैजानु पर्दछ । यसो गर्न सकिएन भने हामी फेरी प्रतिगमनमा जान्छौं ।’

पूर्वराष्ट्रपति यादवले केपी ओली नेतृत्वको सरकारले संविधान विपरित प्रतिनिधिसभा भंग गर्दा दलीय गठबन्धन, नागरिक समाज, बुद्धिजीवि, सञ्चार क्षेत्र र आम नेपाली जनताले बचाएको उल्लेख गर्दै नेपाली जनताले फेरी पनि संविधान बचाउन पहल गर्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रपति भण्डारीको यो कदम पनि नसच्चिए फेरी मुलुकमा प्रतिगमन हुने बताउनु भयो ।